विप्लव माओवादीको चार दलीय मोर्चा

काठमाडौं । संविधानसभामा सत्तापक्ष र ३० दलीय मोर्चाबीच कुरा नमिलिरहेका बेला फेरि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले तत्कालीन चार दलीय जनवादी मोर्चा बनाएको छ । वीरबहादुर केसीको देशभक्त जनता नेपाली दल, जेबी धौलाकोटीको जनमोर्चा नेपाल, डीबी पराजुलीको नेपाल गौरव पार्टी र कुमार हुँमागार्इं नेतृत्वको हाम्रो नेपाल पार्टी मिली ‘देशभक्त संघीय जनवादी मोर्चा’ बनाइएको हो ।
जनयुद्धका बेला एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा गठन भएको मोर्चाकै संरचनाअनुसार विप्लव माओवादीले खासै नाम नसुनिएको पार्टीलाई लिएर मोर्चा बनाएको हो । मोर्चाको अध्यक्षमा पूर्वसभासद्समेत रहेका पार्टीको दलित मोर्चाका केन्द्रीय संयोजक तिलक परियार रहेका छन् ।
परियार नेतृत्वको मोर्चाले आगामी १० चैतदेखि देशव्यापी आन्दोलनका कार्यक्रमहरु सुरु गर्ने जनाइएको छ ।

One thought on “विप्लव माओवादीको चार दलीय मोर्चा

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice