रोनाल्डो बने सर्वाधिक गोलकर्ता

एजेन्सी । चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता बनेका छन् । रियल म्याड्रिडका रोनाल्डोले
मेस्सीको कीर्तिमानी तोडेका हुन् । रोनाल्डोले मंगलबार राति भएको च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा शाल्केविरुद्ध दुई गोल गरेका थिए ।
योसँगै रोनाल्डोले च्याम्पियन्स लिगमा सर्वाधिक ७६ गोल गरेका छन् । उनले ११५ खेलमा यो कीर्तिमान गरेका हुन् ।
बार्सिलोनाका लिओनल मेस्सीले भने ९३ खेलबाट ७५ गोल गरेका छन् ।
खेलमा शाल्के ४(३ ले विजयी भए पनि समग्रमा ५(४ को जितका साथ साविकको विजेता रियल मड्रिड अन्तिम आठमा पुगेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice