विप्लवको गाडी पार्किङ, वैद्यको पार्टी कार्यालयमा

काठमाडौं । सामान्यतया कुनै पार्टी विभाजित हुदाँ विभाजित पार्टीका दुबै पक्षका नेता कार्यकर्ताका बीचमा आरोप, प्रत्यारोप चल्ने, असहिष्णु गतिविधि हुनेजस्ता कुरालाई अन्यथा लिन सकिँदैन ।
तर, नेकपा–माओवादीबाट सम्बन्ध बिच्छेद गरी अलग पार्टी घोषणा गरेका नेत्रविक्रम चन्द विप्लवको सन्दर्भमा यो अपवाद हुन पुगेको छ । कार्यदिशालाई मुख्य एजेण्डा र क्रान्तिको बाटो छोडी आत्मसमर्पनतिर लागेको आरोप लगाउँदै केही महिना अघि बैद्य नेतृत्वको माओवादी बिभाजन गरी नेकपा माओवादी गठन गरेका बिप्लवले आफ्नो गाडी पार्किङ स्थल माओवादी हेडक्वाटरलाई बनाएका छन् ।
अलग पार्टी घोषणा गरे लगत्तै मोहन वैद्य माओवादीसँग पार्टीका सम्पत्तिमा हकदाबी नगर्ने निर्णय गरेका चन्दले आफ्नो गाडीको पार्किङस्थल वैद्य माओवादीको हेडक्वाटरलाई बनाएको  छ ।
चन्दले आफ्ना सहयोगीमाफैत आफूले प्रयोग गर्दे आएको बा ९ च ७४२६ नम्बरको गाडी बुद्धनगरस्थित वैद्य हेडक्वाटरमा पार्किङ गर्न पठाउन थालेका छन् ।राजधानी दैनिकमा

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice