bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2015/03/4361 ) ) )

ओलीले भने, वाम एकता गर्ने बेला आयो

काठमाडौं ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी दलबीच एकता हुनुपर्ने बताएका छन् । एमाले केन्द्रीय कमिटीमा मनोनित थप वैकल्पिक सदस्यलाई शपथ कार्यक्रममा अध्यक्ष ओलीले वामपन्थी दलहरुबीच एकता अपरिहार्य रहेको बताएका हुन् ।
‘देशमा छरिएका विभिन्न वामपन्थी शक्ति एकजुट हुनुपर्छ,’ उनले भने, ‘वामपन्थी शक्तिहरुबीच एकता गरेर अघि बढ्न सकेमा मात्र अहिलेको राजनीतिक समस्याले पनि निकास पाउँछ ।’
उनले शपथ लिएका वैकल्पिक केन्द्रीय सदस्यहरुलाई पार्टीप्रति निष्ठावान् भई देश र जनताको सेवा गर्न आग्रह गरे । सहमतिका नाममा देशलाई अन्योलमा राख्न नहुने उनको भनाइ छ । उनले भने, ‘अहिले सहमतिमा संविधान निर्माणका लागि प्रयत्न भइरहेको छ । त्यसो हुन नसके प्रक्रियामा गएर संविधान जारी गरी देशलाई अन्योलबाट मुक्त गर्नुपर्छ ।’
कार्यक्रममा वैकल्पिक सदस्य खगेन्द्र चुँडाल, देवशङ्कर पौडेल, मानबहादुर जिसी, रूपनारायण श्रेष्ठ, झपट रावल, डा देउमान सम्बाहाम्फे र भाष्कर काफ्लेलाई सपथ गराएइको हो । मनोनीत वैकल्पिक सदस्य प्रल्हाद गिरी भने उपस्थित भएनन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice