प्रचण्डले नेपाललाई भने, सहमतिका लागि अग्रसर भइदिनुपर्यो

काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका नेता माधवकुमार नेपाललाई भेटेर एमाले अध्यक्ष केपी शर्मा ओलीले कडा अभिव्यक्ति दिने गरेको गुनासो गरेका छन् । बुधबार नेपाललाई भेटेर प्रचण्डले सहमतिका लागि अग्रसरता लिन आग्रहसमेत गरेका छन् । भेटमा प्रचण्डले बाह्रबुँदे समझदारीदेखि पछिल्ला राजनीतिक सहमतिमा उल्लेख्य भूमिका निर्वाह गरेकाले नेपालले नै सहमतिका लागि पहल थाल्नुपर्ने धारणा राखेको बताइएको छ ।
नेपालले एमाले सहमतिका लागि तयार रहेको र वार्ताबाटै सहमति खोज्नुपर्ने बताएका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice