पत्रकारमाथिको मुद्दा खारेज

नेपालगन्ज । बाँकेका दुई पत्रकारलाई लगाइएको  सार्वजनिक ऐनसम्बन्धी मुद्दा खारेज भएको छ । प्रमाण नपुगेको जनाउँदै जिल्ला सरकारी वकिल कार्यालयले  मुद्दा नचल्ने निर्णय गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा जिल्ला प्रहरी कार्यालयले २५ माघमा  बाँकेका पत्रकार तिलक गाउँले र क्षेत्रनाथ देवकोटालाई सार्वजनिक अपराधसम्बन्धी मुद्दा दर्ता गरेको थियो । सरकारले सरकारी वकिल कार्यालयलाई मंगलबार नै मुद्दा खारेजका लागि निर्देशन दिएको जनाइएको छ ।
नेपाल पत्रकार संघले झुटा मुद्दा लगाएर पत्रकारलाई फसाउन खोजेको भन्दै आन्दोलन सुरु गरेको थियो ।
पत्रकारद्वय गाउँले र देवकोटाले २३  माघमा अख्तियारले घुससहित नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक सुमन खरेललाई पक्राउ गर्दाको दृष्य खिच्न पुगेका थिए । पत्रकारद्वय र अन्य स्थानीयले पनि आफ्नो काम–कारबाहीमा अवरोध पुर्याएको भन्दै अख्तियारले मुद्दा दर्ताका लागि दबाब दिएको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice