bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2015/03/4192 ) ) )

१६ लाख रकम लिएर नक्कली कर्मचारी फरार

वीरगंज । जिल्ला विकास समिति बारामा चार महिनादेखि काम गरिरहेका नक्कली कर्मचारी १६ लाख रुपैयाँ लिएर फरार भएका छन् । सामान्य प्रशासन मन्त्रालयको फर्जी सरुवापत्र पेस गरी जिल्ला विकास समिति वारामा कार्यरत थिए । घर भक्तपुर भएको बताउन े ती कर्मचारी ८ मंसिरमा मन्त्रालयको पत्रसाथ जिविस कार्यालयमा हाजिर भएका थिए। खरिदार तहको दरबन्दीमा आएका उनलाई कार्यालयले सुखीपथरा र देवापुर टेँटा गाविस सचिवको जिम्मेवारी दिएको थियो।
गाविस सचिवकारुपमा काम गरिरहेका उनी ४ फागुनमा एक्कासि सम्पर्कविहीन भएपछि  खोजी सुरु गरिएको छ ।
चार महिनादेखि कार्यालयबाट तलब लिइसकेका उनले गाविसको १६ लाख रकम लिएर फरार भएका छन् ।  ‘हामीले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छौं, अनुसन्धान हुँदैछ, निमित्त स्थानीय विकास अधिकारी उमेश रेग्मीले  भने ‘दस–बाह्र दिनदेखि सम्पर्कविहीन रहेछ तर दुई दिनअगाडि मात्र हामीले थाहा पायौ उसले किर्ते जालसाजी र रकम हिनामिना गरेको खुलेको छ।’ गाउँलेले सामाजिक सुरक्षा भत्ताका लागि सचिवको खोजी गरेपछि बेपत्ता भएको खुलेको हो।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice