लोकमान सर हिम्मत छ यिनीमाथि कारवाही थाल्ने ?

काठमाडौं । अख्तिार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले आफ्नो स्थापना दिवसको कार्यक्रममा भने ‘अव साना मात्र हैन ठुला माछालाई पनि छोड्दिन, यो काम आजै बाट थाँले ।’ उनले जस्तो सुकै अभिब्यक्ति दिएपछि शक्तिशाली माछाका अगाडी उनले घुडा टेक्न थालेका छन् । ठुला माछा यानी कि ठुला भ्रष्टाचारी सर्वसाधरण नभई राजनीतिक दलका नेता छन् । ती नेतामाथी छानविन गर्न लोकमानसिंहको नेतृत्वमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निकै कठिनाई छ ।
हिजोआज ‘ठूलो माछो र सानो माछो’ भनेर लोकमानले जतिसुकै फलाके पनि ‘ठूला माछा’ समाउन उनी नियुक्त हुनुअघि ‘निकम्मा’ भनिएको अख्तियारले नै आँट गरेको रहेछ । जुन आँट अहिले उनले देखाउन सकेका छैनन् । मधेसी नेता राजेन्द्र महतोको नागरिकता नै नक्कली भएको आरोपमात्र हैन, त्यो कुरामा दम भएको अख्तियारमा लोकमान जानुअघि नै ठहर भइसकेको थियो । तर, त्यसबेला उनी बहालवाला मन्त्री थिए र आफू कर्मचारीको भरमा चल्नाले अख्तियार केही हच्कियो । अहिले त्यो समस्या छैन । तर, पनि लोकमानले कावरवाहीको प्रक्रिया अघि बढाउन सकेका छैनन् ।
महतोको नागरिकताको छानवीनका क्रममा ०६८ सालमै निवेदन परेको थियो । अख्तियारले प.सं. ३ गृह, ३१४–२०६८, ०६९ च.नं. १२६४, १ फागुन २०६८ को पत्रबाट गृह हुँदै जिल्ला प्रशासन कार्यालय, सर्लाहीलाई सोध्यो । अहिले राजेन्द्र महतोहरुको सहकार्य चलिरहेको माओवादीले नै सजिलो पारिदिए, कारण हो, माओवादीद्वारा गरिएको ०६२ चैत २३ को सर्लाही सदरमुकाम मलंगवा आक्रमणमा जिल्ला प्रशासन कार्यालयमा आगलागी भयो र त्यहाँका सबै कागजात नष्ट पारिए । आगलागीअघिको मितिका कागजात त्यहाँ छैनन् । यसबाट छानवीनमा कठिनाई आयो । तर, छानवीनका विधि यति मात्र छैनन् । आरोपित व्यक्तिसँग विवरण माग गर्ने, उनको बयानका आधारमा सत्य पत्ता लगाउने, नागरिकताको प्रमाणपत्र रीतपूर्वक दिइएको हो÷होइन जाँच्ने थप विधिमा समस्या आयो । कारण हो, बहालवाला मन्त्रीलाई एउटा प्रमुख जिल्ला अधिकारीले बोलाएर बयान लिन सक्दैन । सर्लाही जिल्ला प्रशासनले गृहलाई ‘आवश्यक निर्देशन पाउन’ चिठी लेख्यो । जिल्ला प्रशासन जलाउने पार्टीका नेता डा.बाबुराम भट्टराई प्रधानमन्त्री, गृहमा विजय गच्छदार त्यही क्याबिनेटका मन्त्रीको नागरिकतामा प्रश्न ? यस्तोमा समस्या हुने नै भयो । तर, अहिले त्यस्तो छैन । तर पनि लोकमानले कारवाही अगाडी बढाउन सकेका छैनन् ।

One thought on “लोकमान सर हिम्मत छ यिनीमाथि कारवाही थाल्ने ?

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice