‘लाठी जुलुस जनतामाथिको अत्याचार’

गोरखा । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले एमाओवादीको लाठी जुलुस जनतामाथिको अत्याचार भएको बताएका छन् । बिहीबार गोरखाको पालुङटारमा ‘गणेशमान बलिदान अभियान’लाई सम्बोधन गर्ने क्रममा पौडेलले एमाओवादीको अत्याचारको हामी भण्डाफोर गर्ने बताएका हुन् ।
‘एमाओवादीको लाठी जुलुस, शक्ति प्रदर्शन जनतालाई स्वीकार्य छैन,’ उनले भने, ‘जनतामाथिको अन्याय, अत्याचारको हामी भण्डाफोर गर्छौं ।’
उनले अन्याय, अत्याचार र हुकुमी शासनको अन्त्य गर्न अनवरत रुपमा नेपाली कांग्रेस लाग्दै आएकाले एमाओवादीको लाठीको सामना गर्न पनि जनताले भनेको मान्ने बताए । एमाओवादी संविधान निर्माणको जिम्मेवारीबाट भागेको भन्दै उनले सडकबाट संविधान जारी गर्ने ध्वाँस नदिन आग्रह समेत गरे ।
उनले जनताको चाहनाअनुसार कांग्रेसले सहमतिको आधारमा संविधान निर्माण गर्न चाहेको र सबै दललाई समेटेर लोकतान्त्रिक संविधान निर्माण गर्न आफ्नो पार्टी लागेको बताए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice