‘एमाओवादी कानमा पसेको कन्सुत्लोजस्तै’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाओवादीले लाठी र मसाल जुलुस गरेर आतंक फैलाउन खोजेको आरोप लगाएका छन् । राजधानीमा बुधबार आयोजित युवा संघको प्रशिक्षण कार्यक्रममा ओलीले  एमाओवादीलाई ‘कानमा परेको कन्सुत्लो’को संज्ञा दिएका  हुन् ।  ‘कानमा कन्सुत्लो पसेपछि औषधि हाल्दा उपद्रो गर्छ, चिथोर्छ,’ उनले भने, ‘अहिले कन्सुत्लोलाई औषधि हालैजस्तै भएको छ ।’
एमाओवादीले पहाडमा जनजाति र मधेसमा मधेसीलाई उचालेर उपद्रो मच्चाउन खोजेको उनको भनाइ छ । उनले देश र जनताको हितमा आफू बोल्दा नियत खराब भएकाले बंग्याएको पनि बताए । ‘केही नियत खराब भएकाहरुले त यूपी बिहार जाऊ भन्यो भन्दै छन्,’ उनले भने, ‘यति झुट र बेइमानीको जवाफ दिन आवश्यक ठान्दिनँ ।’
ओलीले पूर्वराजासँग कुनै पनि सम्झौता नभएको र उनको पछिल्लो अभिव्यक्तिलाई बकबास भएको बताएका छन् ।  प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजाले तत्कालीन दलहरु र आफूबीच सहमति भएको तर कार्यान्वयन नभएर धोका भएको बताएका थिए ।
‘धोका त ठूलै धोका भयो नि । उलेखेरै फालियो । हामीले सडकबाट र भेट्दा पनि राजतन्त्र फाल्छौँ भनका थियौँ,’ ओलीले भने, ‘थोत्रो राजतन्त्र बोक्छौँ भनेर कसैले भनेको थिएन ।’
उनले राजतन्त्रलाई एक अतिवादको संज्ञा दिएका छन् ।
‘एउटा अतिवाद मोटामोटी व्यवस्थापन भइसकेको छ, तर अहिले पनि पुच्छर हल्लाइरहेको छ । सर्पले मरेपछि वा मर्ने पक्का भइसकेपछि मात्र हल्लाउँछ,’ उनले भने, ‘अस्ति त्यही पुच्छर हल्लियो ।’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice