लोकमानसिंहकी छोरीको विवाहमा कानुन तगारो, गास दिँदा साख जाने त्रास

चुनौतिको बिषय हो, छोरी डा. अध्याश्री कार्कीको विवाह । वर्तमान मुलुकी ऐन अनुसार कुनैपनि विवाह समारोहमा ५१ जना भन्दा बढि जन्ती लिन र १० हजार भन्दा बढि विवाह खर्च गर्न नपाउने नियम छ । १ लाख भन्दा बढि ज्वाईलाई उपहार दिन पनि ऐनले बन्देज लगाएको छ । यस्तो कानुन बन्देजमा छोरीको विवाह गर्न उनलाई निकै चुनौति खेप्नु परेको स्रोतले बताएको छ । Lok Man singh karki 01.jpg
छोरी डा.अध्याश्रीको ख्यातिप्राप्त उद्यमी रोहिणी थपलियाका छोरा शुभआशिष थपलियासँग १४ फागुनमा हुँदैछ । छोरीको विवाहका लागि आफ्ना नजिकका इष्टमित्र बोलाउँदा पनि ५१ जना भन्दा बढि हुने अवस्था एकातिर छ भने अर्काेतिर उद्यमीको विवाहमा आउने जन्तीको संख्या पनि धेरै हुने संभावना छ ।

काठमाडौं । सार्वजनिक पदमा रहेका ब्यक्तिले कानुन मिच्ने कार्य गरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल सजग गराउने गर्दछ । सजग गराउँदा पनि नभए पदीय आचरण विपरित कार्य गरेको अभियोगमा कारवाही गर्न निर्देशन पनि बेला–बेलामा दिने गरेको छ । अख्तियारको यही निर्देशन अहिले प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई चुनौति बनेको छ ।
चुनौतिको बिषय हो, छोरी डा. अध्याश्री कार्कीको विवाह । वर्तमान मुलुकी ऐन अनुसार कुनैपनि विवाह समारोहमा ५१ जना भन्दा बढि जन्ती लिन र १० हजार भन्दा बढि विवाह खर्च गर्न नपाउने नियम छ । १ लाख भन्दा बढि ज्वाईलाई उपहार दिन पनि ऐनले बन्देज लगाएको छ । यस्तो कानुन बन्देजमा छोरीको विवाह गर्न उनलाई निकै चुनौति खेप्नु परेको स्रोतले बताएको छ ।
छोरी डा.अध्याश्रीको ख्यातिप्राप्त उद्यमी रोहिणी थपलियाका छोरा शुभआशिष थपलियासँग १४ फागुनमा हुँदैछ । छोरीको विवाहका लागि आफ्ना नजिकका इष्टमित्र बोलाउँदा पनि ५१ जना भन्दा बढि हुने अवस्था एकातिर छ भने अर्काेतिर उद्यमीको विवाहमा आउने जन्तीको संख्या पनि धेरै हुने संभावना छ ।
अरुलाई विवाह खर्चिलो बनाउन नहुने निर्देशन दिने अख्तियार प्रमुख लोकमान सिंहले अहिले समस्यामा परेका छन् । उनले आफ्नी छोरीको विवाहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश कुनै पनि संबैधानिक निकायका प्रमुखलाई निम्ता दिएका छैनन् । स्रोतका अनुसार विवाह भोजमा मदिरा राख्ने या नराख्ने बिषयमा पनि कार्की अलमलमा परेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice