प्रचण्डको सुरक्षामा ४० प्रहरी तैनाथ, सुरक्षाभन्दा राजनीतिक थ्रेट भएको सरकारको ठहर

विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्था कार्यविधिअनुसार पूर्वप्रधानमन्त्रीले दुईजना मात्र सुरक्षा पिएसओ राख्न पाउने व्यवस्था छ । तर युद्धको पृष्ठभुमीबाट आएका प्रचण्ड र बाबुरामलाई सरकारले बहालवाला प्रधानमन्त्री सरह नेपाल प्रहरी र सशस्त्र प्रहरीका ४० सुरक्षाकर्मी परिचालन गरेको छ ।

000
सार्वजनिकरुपमा आफ्नो हत्या गर्ने योजना बनिरहेको प्रचण्डले बताएपछि सरकार गम्भिर बन्यो । तर सुरक्षा थ्रेट भन्दा राजनीतिक थ्रेट बढि भएको निस्कर्ष सरकारले निकालेको छ ।

काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो हत्या गर्ने योजना बनेको सार्वजनिक अभिव्यक्ति दिएपछि सरकारले उनको सुरक्षामा ४० प्रहरी तैनाथ गरेको छ । नेता डा. बाबुराम भट्टराई र अध्यक्ष प्रचण्डको सुरक्षामा सरकारले २४–२४ नेपाल प्रहरी र १६ सशस्त्र प्रहरीको युनिट तैनाथ गरेको छ ।
प्रचण्ड र डा. भट्टराईले अन्य भिभिआइपीभन्दा दोब्वर बढी सुरक्षा यसअघि लिएका थिए । तर पनि आफू असुरक्षित भएको सार्वजनिक अभिव्यक्ति दिएपछि सरकारले थप सुरक्षा व्यवस्था मिलाएको छ । प्रचण्ड र भट्टराईका अघिपछि ४० प्रहरी तैनाथ हुने गरेका छन् । खटाइएका सुरक्षाकर्मीमध्ये सशस्त्र प्रहरीले स्कटिङ गर्ने गरेको छ भने, नेपाल प्रहरीले भित्री घेरामा सुरक्षा दिने गरेको छ ।
देशका पूर्वप्रधानमन्त्रीलाई तीनजना मात्र सुरक्षा पिएसओ सरकारले खटाउँदै आएको छ । विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्था कार्यविधिअनुसार पूर्वप्रधानमन्त्रीले दुईजना मात्र सुरक्षा पिएसओ राख्ने व्यवस्था गरिएको छ । नियमविपरीत भए पनि युद्धपृष्ठ भूमिबाट आएका प्रचण्ड र भट्टराईलाई सरकारले ४० प्रहरी सुरक्षाका लागि उतारेको छ ।
प्रचण्ड र भट्टराईलाई बाह्य सुरक्षा थ्रेटभन्दा पनि राजनीतिक सुरक्षा थ्रेट भएको विश्लेषण गृह मन्त्रालयले गरेको छ । तर, सार्वजनिक रूपमा प्रचण्डले सुरक्षा थ्रेट बताएपछि बहालवाला प्रधानमन्त्रीसरह उनीहरुलाई सुरक्षा प्रदान गरिएको छ ।
बहालवाला प्रधानमन्त्रीको सुरक्षा डीसपीको कमान्डमा हुँदै आएको छ भने, पूर्वप्रधानमन्त्रीको सुरक्षा सईको कमान्डमा हुने गरेको छ । तर, प्रचण्डको सुरक्षा डिएसपीकै कमान्डमा भइरहेको छ । केही समयपहिले प्रचण्डले आफ्नो सुरक्षा कमान्ड डिएपी दानबहादुर मल्लबाट गराउँदै आएका थिए ।

One thought on “प्रचण्डको सुरक्षामा ४० प्रहरी तैनाथ, सुरक्षाभन्दा राजनीतिक थ्रेट भएको सरकारको ठहर

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice