पूर्वप्रधानमन्त्रीका छोराले नायिका भित्राएपछि घरमा डिभोर्स

काठमाडौं, । पैसा र प्रेमले गर्दा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको घरमा भाँडभैलो मच्चिएको छ । बुढेसकालमा पार्टीभित्र उग्र झगडामा फसेका चन्दका छोरा भूपेन एक हिरोइनसँगको चक्करमा फसेपछि घरमा कलह बढेको छ । फिल्म क्षेत्रमा समेत लागेका भूपेनले नायिक सौजन्य सुब्बालाई दोस्री श्रीमतीका रुपमा घरमा भित्राएपछि उनकी पहिली श्रीमती अमृत सिंहको रुवावासी भएको छ ।saujanya_subba_315340410
अमृतसँग उनले सम्पत्तिका लागि बिहे गरेका थिए । नेपाली सेनाका पूर्व जर्नेल तोरणबहादुर सिंहकी छोरी अमृतलाई परिवारले टन्न सम्पत्ति दिएको थियो । पहिलो बिहे एक भारतीय व्यापारीसँग गरेकी उनको ती व्यापारीसँग डिभोर्स भएपछि भूपेनसँग दोस्रो बिहे भएको थियो ।
अमृतको नाममा छाउनीमा जग्गा थियो । बिहेपछि सोही जग्गा ५ करोडमा बेचेर भूपेनका लागि गाडी र भैंसेपाटीमा घर किनेकी थिइन् । सोही घरमा दुवैजना बस्दै आएका भूपेन सौजन्यसँग लागेपछि उनीहरुबीच विवाद बढेको थियो । पटकपटक विवादमा तानिएकी सौजन्यसँग बिहे नै गर्ने निर्णयमा भूपेन पुगेपछि उनीहरुबीच डिभोर्सको स्थिति आएको हो । सौजन्य यतिबेला अमेरिकामा छिन् । भूपेन पनि सौजन्यसँग बिहे गरेर बस्ने योजनासहित अमेरिका जाने तयारीमा छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice