मधेसलाई नसमेटे ठूलो विद्रोह हुन्छ : यादव

सप्तरी । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा भएका सहमति तथा सम्झौता कार्यान्वयन अनि प्रश्नावली समिति फिर्ता लिए वार्ता सम्भव हुने बताएका छन् ।
राजविराजमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले सहमतिका आधारमा अघि बढ्ने प्रतिबद्धतापछि मात्र वार्ता हुने पनि बताए । उनले विगतका ६ वटा संविधानले हालसम्म पनि मधेसीलाई कुनै अधिकार नदिएको जिकिर गर्दै अब पनि राज्य पक्षले मधेसीको अधिकार संविधानमा सुनिश्चित नगरे मुलुकमा ठूलो विद्रोह हुने चेतावनी दिए ।
उनले कांग्रेस र एमालेलाई लक्षित गर्दै मधेस आन्दोलनको समयमा मधेस स्वायत्त प्रदेश भनी गरिएको सम्झौतालाई लत्याएर बहुमतको दम्भमा संविधान ल्याए त्यो एक रात पनि नटिक्ने बताए । कांग्रेस र एमालेलाई बहुमतको दम्भ नगर्न उनको आग्रह थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice