नेपालमा ज्ञानेन्द्रले नौ वर्षपछि किन मौका छोपे ? के यसको पछाडि भारतीय जनता पार्टी छ ?

प्रजातन्त्र दिवसको अवसरमा ज्ञानेन्द्रले तत्कालीन सात दल र आफूबीच सहमति वा समझदारी भएको मुख खोलेसँगै अनेक शंकाको ढोका पनि खुलेको छ ।


 

भारतमा कंग्रेसलाई भाजपाले सिध्याएजस्तै नेपालमा पनि कांग्रेसलाई राप्रपाले सिध्याउने संकेत नदेखिएको भने होइन । तर, पछिल्लो समय राप्रपालाई पूर्वराजा ज्ञानेन्द्र शाहले नपत्याएजस्तो देखिन्छ ।

भारतको धर्म–संस्कृति, राजनीति, अर्थ–नीतिले नेपाललाई प्रत्यक्ष–परोक्ष प्रभाव पार्नु सीमा जोडिएको छिमेकी नाताले पनि स्वाभाविकै हो । भारतीय कंग्रेसलाई भाजपाले नामेटजस्तै पार्नुको पछाडि हिन्दू धर्म भएको बताइन्छ । भारतीय जनता अति धार्मिक प्रवृत्तिका भएकाले नै यो सम्भवजस्तै देखियो पनि । भारतमा कंग्रेसलाई भाजपाले सिध्याएजस्तै नेपालमा पनि कांग्रेसलाई राप्रपाले सिध्याउने संकेत नदेखिएको भने होइन । तर, पछिल्लो समय राप्रपालाई पूर्वराजा ज्ञानेन्द्र शाहले नपत्याएजस्तो देखिन्छ ।
प्रजातन्त्र दिवसको अवसरमा ज्ञानेन्द्रले तत्कालीन सात दल र आफूबीच सहमति वा समझदारी भएको मुख खोलेसँगै अनेक शंकाको ढोका पनि खुलेको छ ।
जब भारतमा भारतीय जनता पार्टीले विजयको शंख फुक्यो, नेपालमा त्यसको तरंग आ–आफ्नै श्रवणशक्तिअनुसार गुञ्जिए । हिजो–अस्ति मात्रै नेपाल आएका भाजपाका नेताहरुले हिन्दूधर्मको पक्षमा अभिव्यक्ति समेत दिए । भलै त्यस अभिव्यक्तिलाई भारतीय दूतावासले ‘निजी विचार’ भएको प्रस्ट्याओस् ।
के भाजपाले नेपालमा हिन्दू राज्य वा राजा फर्काउन चाहन्छ ? हैरौँ नयाँ पत्रिकामा छापिएका केही बुलेट ।
0 गत २१ कात्तिकमा भारत गएर १ मंसिरमा फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह भारतीयहरुको सहयोगमा राजसंस्था पुनस्र्थापनाका लागि माहोल बन्ने विश्वासमा छन् । भारतीय जनता पार्टीका नेता डा. दिनेश यादवको भनाइ छ, ‘भारतले राजालाई पनि स्पेस दिनेगरी नेपाल–नीतिमा करेक्सन गर्दै छ ।’
0 भाजपा अध्यक्ष अमित साहको निम्तामा नयाँ दिल्ली पुगेका पूर्वराजा ज्ञानेन्द्रले प्रधानमन्त्री नरेन्द्र मोदी, वरिष्ठ नेता लालकृष्ण आडवाणीसँग भेट गरेका थिए । मोदीले ट्रमा सेन्टर उद्घाटनका बेला बृहत् सहमति खोज्न गरेको आग्रहलाई राजसंस्था समेत समेटिनुपर्ने सन्देशको रुपमा राजावादीले बुझेका छन् ।
0 मंसिरयता भाजपा नेता डा. दिनेश उपाध्याय, विजय जोली,  भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजय दोभाल, धर्मगुरु उपानन्द ब्रह्मचारीले ज्ञानेन्द्रसँग भेटवार्ता गरेका थिए ।
0 अहिले ज्ञानेन्द्रले हिन्दूवादी पार्टी राप्रपा नेपाललाई पनि उति महत्व दिएका छैनन् । बरु पूर्वराजाका तर्फबाट काकाससुरा वैकुण्ठ शमशेर, पूर्वराज्यमन्त्री श्रीषशमशेर राणा, व्यापारिक साभेदार प्रभाकरशमशेर राणा पनि सक्रिय भएका छन् ।
0 कांग्रेस नेता खुमबहादुर खड्का पनि भारतबाट फर्केपछि हिन्दू राष्ट्र पुनस्र्थापनाका लागि थप सक्रिय छन् । पूर्वनायब बडागुरु डा. माधव भट्टराई नेतृत्वमा गठन भएको सनातन मोर्चाको सक्रियता पनि राजसंस्था पुनर्बहालीको पक्षमा माहोल बनाउने ज्ञानेन्द्र निकटस्थको विश्वास छ ।
0 पूर्वयुवराज्ञी हिमानी शाहका मामा किशोरबहादुर सिंहले पनि नागरिक संघर्ष समितिका नाममा ०४७ को संविधान पुनस्र्थापनाका लागि दबाब अभियान चलाउँदै आएका छन् । पूर्वराजाको रुचिअनुसार यी सबै गतिविधि भएको निर्मल निवास निकस्थहरु बताउँछन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice