‘संविधानसभा विघटन गरी सर्वपक्षीय सभा’

काठमाडौं । नेकपा–माओवादी (मोहन वैद्य) नेतृत्वको ३३ दलीय मोर्चाले संविधानसभा विघटनको माग गरेको छ । राजधानीमा बिहीबार बसेको मोर्चाको बैठकले राष्ट्रिय स्वाधीनताको रक्षा र उत्पीडित जातिको अधिकारसहितको संघीय गणतन्त्रात्मक संविधान जारी गर्न संविधानसभा विघटन गरी अधिकार सम्पन्न सर्वपक्षीय सभाको माग गरेको हो ।
मोर्चाले दोस्रो संविधानसभा यथास्थितिवादी र प्रतिगमनकारी शक्तिको हातमा परेको बताएको छ ।
‘संविधानसभा–२ का माघ ८ सम्मका परिघटनाहरु र जनताको संघीय गणतन्त्रात्मक संविधान निर्माणको कार्य विफल हुँदै गइरहेको र संविधानसभा–२ यथास्थितिवादी र प्रतिगमनकारी शक्तिहरुको हातमा परिसकेको सन्दर्भमा ३३ दलले उठाउँदै आइरहेको नाराको झन्झन् पुष्टि हुँदै गइरहेको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
बैठकले राज्यका सबै अंगमा उत्पीडित वर्ग तथा समुदायहरुको पूर्णसमानुपातिक प्रतिनिधित्वलगायत विषयलाई संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ । मोर्चाले यही २५ फागुनमा काठमाडौंमा विरोध प्रदर्शन गर्ने जनाइएको छ ।
नेकपा–माओवादी अध्यक्ष वैद्यले दोस्रो संविधानसभाको निर्वाचन अघिदेखि नै सर्वपक्षीय सभाको माग गर्दै आएका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice