महाशिवरात्रिमा यस्तो छ गाडीको रुट

काठमाडौंं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा हुने दर्शनार्थीको चापलाई मध्यनजर गरी विशेष सवारी व्यवस्थापनको मार्गचित्र सार्वजनिक गरेको छ ।
शिवरात्रिलाई ध्यानमा राखेर महाशाखाले चाबहिलबाट गौशाला, पुरानो बानेश्वरबाट गौशाला, ज्ञानेश्वरबाट रातोपुल हुँदै गौशालातर्फ सवारी प्रवेशलाई निषेध गरेको छ । त्यस्तै, द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चउरबाट जयबागेश्वरीतर्फ, लामपोखरीबाट कुटुवहाल हुँदै मित्रपार्कतर्फ, गौरीघाटबाट उमाकुण्ड हँुदै मित्रपार्कतर्फ तथा तिलगंगाबाट गौशालातर्फ जाने सडकमा पनि सवारी प्रवेशमा रोक लगाइएको छ ।
मालबाहक सवारी साधन तीनकुनेबाट सिनामंगल, जोरपाटीबाट नारायणटार, नयाँबानेश्वरबाट सिनामंगल चल्न रोक लगाइएको छ ।
पशुपतिनाथ मन्दिरमा दर्शन गर्न जाने यात्रुहरुको सुविधालाई ध्यानमा राखेर महाशाखाले दर्शनार्थी, तीर्थयात्री र विदेशी पर्यटकवाहक सवारी साधनका लागि तिलगंगामा पार्किङको व्यवस्था गरेको छ ।
पासवाला सुरक्षा निकाय तथा सरकारी सवारी साधनलाई गौशाला प्रहरी प्रभागमा पार्किङको व्यवस्थापन गरिएको छ । पासवाला सवारी साधन, भारतीय दर्शनार्थीका सवारी साधनलाई अमालकोटमा व्यवस्थापन गरिनेछ ।
स्वदेशी तथा विदेशी दर्शनार्थी तथा तीर्थयात्रीका सवारी साधन र सःशुल्क दर्शन गर्ने दर्शनार्थीका सवारी साधन सिफल चउरमा पार्किङको व्यवस्था मिलाइएको महाशाखाद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । गुह्यश्वरीपारि बौद्ध जोरपाटीतर्फबाट आउने सवारी साधनका लागि पार्किङ व्यवस्थापन गरिन लागेको बताइएको छ ।
महाशाखाले पार्किङका लागि तोकिएका क्षेत्रमा एकैचोटी चार सयको हाराहारीमा सवारी साधान अट्ने बुझिएको छ ।
शिवरात्रिका अवसरमा भारतबाट मात्र १०० को हाराहारीमा ठूला बस मंगलबार बिहानसम्ममा उपत्यका भित्रिने अनुमान गरिएको छ । सवारी साधन व्यवस्थापनका लागि महाशाखाले सोमबार राति ३ बजेबाट जनशक्ति परिचालन गर्ने बताएको छ ।
पशुपति विकास क्षेत्र कोषले यसपटक क, ख र ग गरी प्याजी, हरियो र निलो पासको व्यवस्था गरको छ । कोषले वितरण गरेको पासका आधारमा महाशाखाले कुन सवारी साधानलाई कहाँसम्म पहुँच दिने भन्ने व्यवस्था मिलाएको छ । महाशाखाले सवारी साधनको व्यवस्थापनका लागि ३९ स्थानमा चेकजाँच तथा २० स्थानबाट पशुपति क्षेत्रमा प्रवेश निषेध गरको छ । त्यस्तै ५६ स्थानमा यातायात प्रवेशका लागि छेकबार खडा गर्ने महाशाखाले जनाएको छ । शिवरात्रिमा दर्शनार्थीले सहज रूपमा त्यस क्षेत्रमा प्रवेश पाउmन्  भनेर सवारी व्यवस्थापनका लागि वरिष्ठ प्रहरी उपरीक्षको नेतृत्वमा महाशाखाले ३०० प्रहरी खटाउने भएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice