मातृभाषा कविता महोत्सव ‘विशेष’ हुने

काठमाडौं । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले मातृभाषा कविता महोत्सव आयोजना गर्ने  भएको छ ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवस २१ फेबु्रअरी अर्थात् फागुन ९ गते शनिबार प्रज्ञाभवन कमलादीमा आयोजना हुने महोत्सवको प्रतिष्ठानका प्रमुख संरक्षक एवं प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ । मातृभाषा साहित्य विभाग प्रमुख एवं महोत्सवका प्राज्ञ श्रवण मुकारुङका अनुसार कविता महोत्सवमा देश–विदेशबाट प्राप्त ४६ भाषाका ११६ वटा कविताबाट छनोट भएका ४९ कविले कविता महोत्सवमा भाग लिनेछन् भने केही अतिथि कवि पनि सहभागी हुनेछन् ।
पाँच वर्षदेखि आयोजना हुँदै आएको मातृभाषा कविता महोत्सव यसपटक भने ‘विशेष हुने’ प्राज्ञ मुकारुङको दाबी छ । उनका अनुसार महोत्सवलाई थप आकर्षक र प्रभावकारी बनाउन ‘सबै’ उपाय अपनाइएको छ । महोत्सवमा विभिन्न जातजातिले आआफ्ना सांस्कृतिक झाँकीको प्रदर्शनसमेत गर्ने प्रतिष्ठानले जनाएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice