bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2015/02/3279 ) ) )

एउटी आमाले किन मारिन् आफ्ना तीन छोराछोरी ?

सप्तरी । एउटी आमाले आमाले आफ्ना तीन कलकाउँदा सन्तानको हत्या गरेकी छिन् । तेरहौता–३ की २६ वर्षीया कुडी भनिने सजनदेवी सदाले आफ्नै कोखबाट जन्मेका ६ वर्षीय सन्तोष सदा, तीन वर्षीया नन्दनी र ६ महिनाकी अञ्जलीलाई हत्या गरेको स्विकार्दै अदालतमा बयान दिएपछि जेल पुगेकी हुन् ।
सप्तरीको बैरबा–३ स्थित कोसी नदीको पश्चिम तटबन्धको पूर्वतर्फ जमेको पानीमा तीन बालबालिकाको शव गत १९ पुसमा भेटिएका थिए । पानीमा तीन छोराछोरीको लास तैरिएको भेटिएपछि उनीहरुकी आमालाई सुनसरीको हरिपुर–१ बाट २ माघमा प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो ।
विक्षिप्त अवस्थामा पक्राउ परेकी सजनदेवीलाई ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचार गराएपछि इलाका प्रहरी कार्यालय कञ्चनपुरले ४ माघमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको अन्नपूर्ण पोस्टमा समाचार छ ।
आरोपितले आफू बिरामी भएपछि छोराछोरीले पाल्न नसकेका बेला ससुराले कुटपिट गर्नुका साथै बलात्कार गर्ने गरेको बिलौना सुनाइन् । उनले ससुराको अत्याचारबारे पतिलाई सुनाउँदा विश्वास नगरेकाले छोराछोरीलाई मारी आफू पनि मर्ने सोचले पालैपालो तीन छोराछोरीको हत्या गरेको बताइन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice