अस्ट्रेलियामा सकिने भो ‘द विनर’

काठमाडौं । संगठित अपराधले दुई देशबीचको सम्बन्धमा पार्ने प्रभाव र त्यसले निम्त्याउने समस्याका विषय उठाइएको चलचित्र ‘द विनर’को छायांकन अब अस्ट्रेलियामा हुने भएको छ । केही महिनाअघि सुरु भएको यो चलचित्र काठमाडौं र भारतको राजस्थानपछि बाकी छायांकन सकाउन अस्ट्रेलिया जान लागेको हो ।
चलचित्रको ६० प्रतिशत छायांकन सकिएको र बाँकी काम सकाउन अस्ट्रेलिया जान लागेको निर्देशक हिक्मत विष्टले बताए । ‘चलचित्रको कथा नै रिच भएकाले लोकेसन पनि त्यस्तै दिन अस्ट्रेलिया जान लागिएको हो,’ निर्देशक विष्टले भने, ‘कुनै कम्प्रोमाइज नगरी चलचित्र पूरा गर्ने सोचमा लागेका छौं ।’ अस्ट्रेलियामा चलचित्रको एक गीतका साथै ४० प्रतिशत सिनको छायांकन गरिने उनले सुनाए । उनको यो डेब्यु चलचित्र हो ।
महेशमान श्रेष्ठ, मन्चिन शाक्य, पूर्वमिस नेपाल मलिना जोशी, राजकुमार पन्त, रोयल मास्के, उत्तम विष्ट, रमेश गुरुङ, एलेक्स खड्का, अमित गिरीलगायतको अभिनय चलचित्रमा रहने भएको छ । मलिनाबाहेक अन्य कलाकार नया“ भए पनि सबै मोडलिङ क्षेत्रका चर्चित व्यक्ति भएको निर्माण पक्षले जनाएको छ । चलचित्र रितेश राणा, राजेश जोशी र सुबोध ठकुरीले मिलेर बनाउन लागेका हुन् ।
३ गीत रहने चलचित्रको एक गीत भारतको राजस्थान र अर्काे नेपालमै छायांकन भइसकेको छ । सोल्टी होटल, गोकण रिसोर्ट, सिभिल मललगायत अधिकांश महगा मानिने लोकेसनमा छायांकन भएको यो चलचित्रमा हिमाल केसीको द्वन्द्व–निर्देशन रहनेछ । डाइमन स्टार फिल्म्सको ब्यानरमा बन्न लागेको ‘द विनर’मा कविराज गहतराजको नृत्य, पुरुषोत्तम प्रधानको छायांकन समेटिनेछ ।
एक्सन र थ्रिलर एकसाथ उठाएको चलचित्र मनोरञ्जनात्मक प्याकेजका रूपमा निर्माण गरिन लागिएको विष्टको दाबी छ । एक महिनाको वर्कसपसहित छायांकनमा सुरु भएको चलचित्रको काम आफूले सोचेभन्दा पनि राम्रो भइरहेको निर्माता राणाले बताए । ‘मलाई धेरै कलाकार नया“ भएकाले चलचित्र कस्तो होला भन्ने डर थियो,’ उनले भने, ‘तर, अहिलेसम्म सकिएको छायांकनबाट ढुक्क हुने वातावरण बनेको छ ।’
करिब एक करोड निर्माण लागत छुट्याइएको यो चलचित्रको कलाकारका लागि ड्रेस प्रोफेसनल डिजाइनर निसु कँडेल र टासी डोल्मा शेर्पाले तयार पारेका हुन् । चलचित्र जेठमा प्रदर्शनमा ल्याउने लक्ष्य निर्माण पक्षको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice