bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2015/02/3017 ) ) )

वार्ता पहल : सकारात्मक कदमको ‘नकारात्मक जवाफ’

काठमाडौं । संविधानसभा बहिष्कार गर्दै सडक आन्दोलनमा उत्रिएको एमाओवादी नेतृत्वको विपक्षी गठबन्धनलाई आइतबार प्रधानमन्त्री सुशील कोइरालाले सार्थक वार्तामा आउन आह्वान गरे । त्यसको जवाफमा एमाओवादीसहितको ३० दलीय मोर्चाले प्रधानमन्त्रीले गरेको वार्ताको पहललाई सकारात्मक भन्दै धन्यवादमै सीमित गरेको छ । अर्थात्, मोर्चाले सार्थक वार्ताको वातावरण बनिनसकेको जवाफ फर्काउँदै आन्दोलन जारी रहने जनाएको छ ।
एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले सोमबार प्रधानमन्त्रीले सार्थक वार्ताका लागि गरेको आह्वानलाई धन्यवाद भन्दै अस्वीकार गरिदिएको हो । ‘हामी सम्माननीय प्रधानमन्त्रीज्यूले देखाउनुभएको चासो एवं पहललाई सकारात्मक रूपमा लिँदै धन्यवाद दिन चाहन्छौं,’ मोर्चाका संयोजक एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘हामी सहमतिका आधारमा संविधान निर्माण गर्नुपर्छ भन्ने शक्तिहरू सधैं सार्थक वार्ताको पक्षमा छौं । सहमतिका आधारमा संविधान निर्माण गर्ने वार्ताको विश्वसनीय एवं सुनिश्चित वातावरण नबन्दासम्म घोषित आन्दोलन जारी नै रहने कुरा स्पष्ट पार्न चाहन्छौं ।’
मोर्चाले प्रधानमन्त्रीको वक्तव्यले परिवर्तनका उपलब्धिहरू संस्थागत गर्ने गरी सहमतिका आधारमा संविधान निर्माण गर्न आवश्यक सार्थक वार्ताका लागि विश्वसनीय वातावरण बनाउन नसकेको निष्कर्ष निकालेको छ । ‘प्रधानमन्त्रीको आसय बहुमतीय प्रक्रियालाई रोक्ने र १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता एवं अन्तरिम संविधानको मर्म र भावनाअनुसार जनआन्दोलन तथा शान्ति प्रक्रियाका सहयात्रीहरू, ऐतिहासिक सम्झौताका पक्ष शक्तिहरूसँग सहमतिका आधारमा संविधान निर्माण गर्ने भने यसलाई हामी सकारात्मक मान्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘तर, प्रधानमन्त्रीको वक्तव्यमा यी कुरा स्पष्ट छैनन् र त्यसअनुरुपको प्रतिबद्धता पनि देखिएको छैन ।’

8 Comments

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice