म दावा गर्छु हाम्रो ब्रान्डमा पूर्ण हर्बल छ

भारतका वैज्ञानिक डा. श्रीनिवासनले २० वर्षको खोजपछि विश्वमा पहिलोपटक यसको सूत्र तयार पारेका हुन् । त्यही सूत्रबाट बनेको रक्सीमा हर्बल अर्थात् प्राकृतिक केमिकल छन्, कृत्रिम छैनन् । हर्बल मेडिसिनका विज्ञ डा. श्रीनिवासनले यही खोजबाट रेजिडेन्स अवार्डसमेत पाएका थिए । रक्सीमा हुनुपर्ने चिज त छँदै छन्, त्यसका साथै रोग पनि निको हुने खालको बनाउन लागिपरे उनी । यसको स्थापना हिमाञ्चल प्रदेशमा गरिएको थियो, त्यसपछि नेपालमा ल्याइएको हो ।

प्रताप रावल
प्रमुख कार्यकारी अधिकृत, बायोटेक स्पिरिट्स नेपाल

‘बायो ह्विस्की’ र ‘बायो भोड्का’ ब्रान्डका रक्सी उत्पादक यो कम्पनी नेपालमा एक वर्षअघि स्थापना भएको हो । यस कम्पनीमा बायोको इन्टरनेसनल ग्रान्ड ओनरको संलग्नता छ । एक जना एनआरएन र तीन जना स्वदेशी यस कम्पनीमा संलग्न छन् । यसले भवानी डिस्टिलरीमा बोटलिङ गराउँछ ।
कम्पनीका अनुसार भारतबाट सुरु भएको मल्टिनेसनल प्रोडक्ट हो यो । भारतका वैज्ञानिक डा. श्रीनिवासनले २० वर्षको खोजपछि विश्वमा पहिलोपटक यसको सूत्र तयार पारेका हुन् । त्यही सूत्रबाट बनेको रक्सीमा हर्बल अर्थात् प्राकृतिक केमिकल छन्, कृत्रिम छैनन् । हर्बल मेडिसिनका विज्ञ डा. श्रीनिवासनले यही खोजबाट रेजिडेन्स अवार्डसमेत पाएका थिए । रक्सीमा हुनुपर्ने चिज त छँदै छन्, त्यसका साथै रोग पनि निको हुने खालको बनाउन लागिपरे उनी । यसको स्थापना हिमाञ्चल प्रदेशमा गरिएको थियो, त्यसपछि नेपालमा ल्याइएको हो । यही विषयमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रताप रावलसँग गरिएको कुराकानी गरिएको छ ।

० यस कम्पनीका ब्रान्ड नेपालमा कति छन् ?
– नेपालमा अहिले भोड्का र ह्विस्की मात्रै हुन् । भारतमा रम, ब्रान्डी पनि छन् । बियर र वाइन पनि उत्पादित छन् । अस्ट्रेलियामा चाँडै यसको उत्पादन सुरु हुँदै छ । विश्वका जति पनि नाम चलेका रक्सी कम्पनी छन्, त्यहाँ यो फर्मुला टेस्ट भइसकेको छ । यो प्रोडक्टलाई सबैले राम्रो मानेका छन् ।

० तपाईं कुनै खराबीबिनाको आफ्नो उत्पादन हो भन्नुहुन्छ तर महिनामा लाखौं लिटर विदेशी ब्रान्ड नेपाल भित्रिइरहेको देखिन्छ नि ?
वर्षमा विदेशी रक्सी दुईदेखि तीन लाख कार्टुन आयात हुन्छ । कहिलेकाहीं घटी–बढी पनि होला । एक कार्टुन भनेको औसत नौ लिटर हुन्छ । यत्ति धेरै विदेशी रक्सी आउँदा–आउँदै थप किन आउने भन्ने प्रश्न पनि उठ्छ । अझ यो बायो प्रोडक्टलाई विश्वले चिनिसकेको छैन । यो गएको वर्ष हिमाञ्चल प्रदेशमा र त्यसपछि नेपालमा लन्च भएको हो । यसको उत्पादन भारतको बैङ्लोरबाट एक सय ६० किलोमिटर दक्षिणमा हुन्छ । जहाँ अन्य फ्याक्ट्री पनि छन् ।

० यो उत्पादन बिनाखराबीको भनेर कसरी विश्वास गर्ने ?

यसमा थुप्रै जडिबुटीको प्रयोग भएको छ । ह्विस्कीमा १५ र भोड्कामा ९ प्रकारका जडिबुटी छन् । ह्विस्कीमा चिनी राखिएको छैन । प्रायः रक्सीमा अल्कोहलको मात्रा बढाउन चिनी मिसाइएको हुन्छ । यसमा चिनीको साटो औषधिका रूपमा रहेको मह राखिएको छ । मह मिसाइएका रक्सी विश्वमा अरू पनि छन् । यसमा अश्वगन्धाको प्रयोग पनि गरिएको छ । अश्वगन्धा महत्वपूर्ण औषधि हो । यसका फाइदा धेरै छन् । खासगरी, यसले दिमागलाई तनावबाट मुक्त राख्छ ।
यो रक्सी पिउने व्यक्ति भोलिपल्ट तनावमा हुँदैन, फ्रेस हुन्छ । धेरै पिउनेको अनुहार तनावग्रस्त देखिन्छ । तर, हाम्रो उत्पादन प्रयोगकर्ता फ्रेस भएको पाएका छौं । रसायन नराखिएकाले पनि यो रक्सी पिउनेले टाउको, जीउ दुखेको वा अल्छी लागेको महसुस गर्नुपर्दैन ।

० यो ब्रान्डको बजार स्तर कस्तो छ ?
कुनै नयाँ चिज स्थापित हुनु वा बजार लिन समय लाग्छ नै । यसको राम्रो डिस्ट्रिब्युसन भइसकेको अवस्था छैन । तापनि, पूर्वदेखि पश्चिम नेपालका ४० वटाजति सहरमा हाम्रो उत्पादन खोज्यो भने पाइन्छ । अबको एक–दुई महिनामा देशभर सजिलै पाउने अवस्था हामीले बनाउँदै छांै ।

० बजार–माग कस्तो छ ?
– बजारमा माग बढिरहेको छ । त्यसको पूर्तिका लागि हामीले प्रयास थालेका छौं ।’ हामी रक्सी सेवन गर्नुपर्छ वा यो रक्सी सेवन गर भनेर कहिल्यै भन्दैनौं । हामी यत्ति मात्रै भन्छौं कि हाम्रो उत्पादनमा यी चिज छन् । रक्सी खाएपछि लाग्छ नै । बढी खाए झन् मात लाग्छ । यस्तो अवगुण यो रक्सीमा पनि छ । यसबाहेकको हानि गर्ला भन्ने मलाई लाग्दैन ।

०यस्ता उद्योग सञ्चालन गर्दा राज्यबाट कत्तिको झन्झट व्यहोर्नुपर्दोरहेछ ?
सबै रक्सी व्यापारीले राजस्व छल्छन् भन्ने बुझाइ छ, त्यो गलत छ । सबैले राजस्व छल्छन् भन्ने होइन, केहीले छलेका होलान् । तर, तिनीहरुले पनि जरिवाना तिर्नुपर्छ । यसले पनि सकेसम्म सबैले राजस्व तिर्नै खोज्छन् । कहींकहीं राज्यले यस्तो ठाउँमा लाइसेन्स दिएको छ, जहाँ राज्यको पहुँच नै पुगेको छैन । यस्ता लाइेसन्सवालाका कारण राजस्व छलेको गुन्जायस भएको हो । राज्यले अनुगमन गर्न सक्ने ठाउँमा लाइसेन्स दिने हो भने यो समस्या पनि हट्छ ।

० देशमा राम्रो ब्रान्ड हुँदा–हुँदै विदेशी ब्रान्ड थपिँदा कस्तो असर पर्छ ?
विदेशी कर्पोरेट आएर स्थानीय उत्पादनलाई नोक्सान हुन्छ भन्ने मान्दिनँ म । विदेशीभन्दा स्वदेशी राम्रो हुन्छ भने त्यसले नै बजार लिन्छ । राम्रोले नराम्रोलाई विस्थापित गर्दै जान्छ । अर्को कुरा, हामीले कपीराइट प्रोडक्ट बनाएका छौं भने पनि ओरिजिनलभन्दा राम्रो हुन सक्दैन । कपी गरेका प्रोडक्टलाई चाहिँ जोखिम हुन्छ नै । बिसौं, चालिसौं र सयौँ वर्ष पुराना विदेशी ब्रान्ड नेपालमा आइरहेका छन् । उनीहरुको नामले नै बजार लिइरहेको हुन्छ । तीभन्दा फरक चिज ल्याउने र त्यसलाई प्रचार गर्दै जाने हो भने बजार लिन सकिन्छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice