‘यो त भएन, मेरो कुर्सी छोड कसरी भनौं दाई’

suryabahadur-thapaकाठमाडौं । बूढा आउँछन्, ढसमस्स आफ्नो कुर्सीमा बसिदिन्छन् । ‘छोड्नुस्’ भन्न पनि नमिल्ने । नभनौँ, आफ्नो हक लाग्ने कुर्सीमा बसिदिने । राप्रपा संसदीय दलका नेता दीपक बोहरालाई अहिले यो तनाव छ  । वरिष्ठ नेता सूर्यबहादुर थापा संसदीय दलका नेता बोहरा बस्ने कुर्सीमा बस्न थालेपछि उनलाई यो तनाव शिर्जना भएको हो ।
तर, भएर के गर्नु, जब वरिष्ठ नेता थापा पुग्छन्, उनी नै गएर बसिदिन्छन्, कुर्सीमा । बूढासँग बाझ्न पनि भएन । त्यत्रो प्रतिष्ठाको विषय बनाएर संसदीय दलको नेता भएका बोहरा यो कुराले निकै खिन्न छन् । त्यसमाथि सत्तारुढ गठबन्धनको बैठकमा आफूलाई कांग्रेस र एमालेले ‘बाल मतलब’ नगर्दा उनी झनै क्रुद्ध छन् । सत्तारूढ गठबन्धनको बैठकमा पार्टी अध्यक्षका हैसियतले अध्यक्ष पशुपतिसमशेर ‘बिन बुलाए मेहमान’ जस्तो भएर पुगेपछि संसदीय दलको नेता हेरेको हे¥यै भए । बोहराले केही समयअगाडि कांग्रेस नेता अर्जुननरसिंह केसीसँग दुखेसो पोखे, ‘संसदीय दलको नेता म । मेरो कुर्सीमा सूर्यबहादुर बूढा आएर ढसमस्स बसिदिन्छन् । गठबन्धनको बैठकमा पशुपति पुगिदिन्छन् । यो त राम्रो भएन दाइ ।’ अर्जुनले यो कुरा सत्तारुढ गठबन्धनमा पु¥याए कि पु¥याएनन् तर अहिलेसम्म पनि गठबन्धनको बैठकमा राप्रपाको तर्फबाट बोहरा हैन, सूर्यबहादुर नै बोलाइन्छन् । बाटो छेकेर ‘तपाई हैन, म जान्छु’ भन्न भएन, नभनेर पनि कति दिन सहने ?’ अप्ठेरोमा छन्, उनी ।
उता, काली नागको आतंकले राप्रपामा हलचल मच्चिएको छ । पत्रकारिता पेशाका पाँचाँै पतिसँग सम्बन्ध टुटेपछि अहिले राप्रपाका अनुदार नेतासँग नजिकिने उनले केटाहरूसँग कुरा धुतेर दीपक बोहरालाई सुनाउने भनी आतंक मच्चिएको हो । उनको नाम अर्कै छ, तर कुरा गर्दा ‘काली नाग’ भनेर चिनिन्छ । गोरखाको बोहरा गाउँ माइत भएकी उनले केटाहरूलाई तन्त्र लगाएर आफ्नो बसमा पार्ने गरेको चर्चा राप्रपामा चल्ने गरेको छ ।
त्यस्तै, धादिङको एक कार्यक्रममा भाग लिन पुगेका एउटै पार्टीका नेताबीच धर्मनिरपेक्षताको कुरा बाझिँदा बबाल भएको छ । भुवन पाठक र हेमजंग गुरुङ सहभागी कार्यक्रममा भुवनले धर्म निरपेक्षताको विरोध गरे भने गुङले धर्म सापेक्षताको वकालत गरे ।
त्यो भन्दा पनि चर्को विवाद छ, आयल निगममा डिभिजनल इञ्जिनियर गोपालबाबु खड्काको नियुक्ति । हल्ला छ, गोपालबाबुले पार्टीलाई दुई खोका बुझाएका छन् । त्यसमध्ये मन्त्री सुनीलबहादुर थापाले एउटा खोका सर्लक्कै खाइदिए । अर्को खोका पार्टी अध्यक्ष पशुपतिसमशेरकहाँ पुग्यो । र, त्यो रकम त्यस्ता मानिसलाई बाँडियो जसले सुनीललाई फिर्ता बोलाउनुपर्छ भनेर पार्टीमा कुरा उठाइरहेका छन् ।
बाणिज्य तथा आपूर्ति राज्यमन्त्री गिरिबहादुर केसीले त नेशनल ट्रेडिङ लिमिटेडमा २० लाख खाएर माओवादीका हेमबहादुर विसीलाई नियुक्ति गरेको हल्ला पनि हलो पार्टीमा निक्कै चलेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice