करोड विगो भएका डन कसरी छुटे ९ हजार धरौटीमा ?

काठमाडौं, । सहरमा थरिथरिका ठगहरुको बिगबिजी छ । विदेश पठाइदिने भनेर ,आकर्षक व्याजको नाममा र जग्गा कारोबारको नाममा हुने ठगी त पुरानै भए ,नयाँ नयाँ किसिमबाट ठग्ने ठगहरुको पनि राजधानीमा उदय भएको छ ।
हालै केही व्यक्तिहरुले कलेज खोलेर पैसा उठाएर सयौंलाई ठगी गरेका छन् । गुरुकुल उच्चमाविका संचालकहरुले कलेजकै नाममा ठगी गरे । एकातर्फ विद्यार्थीहरुसँग पैसा उठाए भने अर्कोतर्फ कलेजको शेयर भन्दै नक्कली शेयर प्रमाणपत्र बेचेर दर्जनौंलाई ठगी गरे । कलेजकै कर्मचारीहरुको समेत तलब नदिएर कलेज बन्द गरी उनीहरुले ठगी गरे । त्यसरी ठगी गर्ने तीन जनालाई प्रहरीले तीन साताअघि पक्राउ गर्यो । । केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले सुजित सिंह, सरोज राना र मनोजकुमार आचार्यलाई पक्राउ गर्यो । सिंह कलेजको कार्यकारी निर्देशक हुन् भने राना प्रशासकीय अधिकृत थिए । आचार्य भने कलेजका संचालक हुन् । सयौं व्यक्ति पीडित भएको उक्त घटनामा न्यायाधीशले के आदेश गर्छन् भन्ने कुरा धेरैलाई चासोको विषय थियो । त्यसकारण गत बुधबार काठमाडौं जिल्ला अदालतमा धेरै जना उपस्थित भएका थिए । अदालतका न्यायाधीश नारायणप्रसाद श्रेष्ठको इजलासमा थुनछेक बहस भएको थियो । न्यायाधीश श्रेष्ठले सिंह र रानालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिए भने कलेजका सञ्चालक आचार्यलाई ९ हजार ५० रुपैयाँ धरौटीमा छाड्ने आदेश भयो । सबै आश्चर्यमा परे ।
दृष्टि लेख्छ –पक्राउ परेकामध्ये सबैभन्दा पैसावाल उनै थिए ।  उनीबाटै आफूहरुको पैसा उठ्ने धेरै पीडितहरुको अपेक्षा थियो । तर,उनै आचार्य छुटेपछि पीडितहरु आश्चर्यमा परेको छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice