कांग्रेस कार्यकतामा विप्लव मोह जोगपछि भाँडभैलो

चितवन, । शक्तिखोरस्थित शक्तिखोलामा मोटरबेल पुल बनाउने कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव जीतनारायण श्रष्ठले सो क्षेत्रका सभासद् शेषनारायण अधिकारीलाई अतिथि नबनाई नेत्रविक्रम चन्दको नेकपा माओवादीका जिल्ला सेक्रेटरी महेश चौधरीलाई अतिथि बनाएपछि कांग्रेसमा विवाद सृजना भएको छ ।
तीन नम्बर क्षेत्रका सभासद् अधिकारी चितवनमै भए पनि सचिव श्रेष्ठले उनलाई नबोलाई २०७१ माघ १४ गते पुलको शिलान्यास गरेका छन् । विप्लव माओवादकिा सेक्रेटरी चौधरीलाई अतिथि बनाएको विषयले पार्टीमा विवाद सृजना गरेको हो ।
६० मिटर उक्त लामो पुल ४ करोड ७२ लाख ३१ हजार ९ सय ३५ रुपैयाँ लागतका बन्न लागेको छ । चितवनका स्थानीय विकास अधिकारी भरतमणी पाण्डे, एमालेका जिल्लास्तरीय नेता खुमनारायण श्रेष्ठलाई अतिथि बनाइए पनि सभासद् अधिकारीलाई गुट उपगुटको राजनीतिले अतिथि समेत बन्न नदिएको आरोप श्रेष्ठमाथि लागेको छ ।
उक्त पुलको निर्माणमा कांग्रेस सचिव श्रेष्ठ नै सक्रिय भएर लागेका छन् । त्यस्तै काठमाडौंको ग्वार्कोमा हिमाल ग्यासको डिपो कब्जा गरी ग्यास सिलिण्डर बाँडेका विप्लव माओवादीले चितवनमा जनयुद्वकै शैलीमा एक चुनढुङ्गा उद्योग कब्जा गरी पार्टीको झण्डा गाडेको छन् ।
साँघु लेख्छ, शक्तिखोर वडा नम्बर ३ मा रहेको सम्फ्याङ नेकपा चुनढुङ्गा उद्योग नेकपा माओवादी विप्लव समूहले कब्जा गरेको घोषणा गर्दै झण्डा गाडेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice