प्रचण्डले भने –ओलीको आरोप वाहियात हो

काठमाडौं, ।  ब्यवस्थापिका संसद खुलाउन २ अर्व ३ करोड रकम लिएको भन्ने एमाले अध्यक्ष केपी ओलीको भनाईलाई एमाओवादीले खण्डन गरेको छ । ओलीले भने जस्तो संसद खुलाउन आफुहरुले रकम नलिएको एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताए । ‘यस्तो बिषयमा प्रतिक्रिया दिन पनि लाज लाग्छ’ दाहालले भने ‘यो सहिद परिवारप्रति गरिएको अपमान हो ।’
पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्न पार्टी मुख्यालय पेरिसडाँडामा आइतबार गरिएको पत्रकार सम्मेलनमा दाहालले भने ‘ओलीको आरोप वाहियात हो,यसको प्रतिक्रिया दिन आवश्यक छैन । ’ दाहालले देशको ठेकदारजस्तो भएर ओलीले बोलेको भन्दै असन्तुष्टि जनाए ।
दाहालले एमाओवादीले निरन्तर सदन अवरोध गरेर असोज २२ गते पाँच बुँदे सहमति भएको उल्लेख गर्दै द्वन्द्वकोक्रममा ज्यान गुमाएका सहिद तथा बेपत्ता परिवारका लागि दुई लाखका दरले रकम दिने सहमति पत्रमा लेखिएको स्मरण गराए ।
पत्रकार सम्मेलनमा दाहालले संविधानसभामा बहस गर्ने ठाउँ सत्तापक्षले नराखेपछि आफुहरु जनताको आजैका मिति देखि डिहेको बताए ।
‘‘अब हामी आजैका मितिदेखि जनताका वीचमा हिँड्यौं, जनतालाई साँचो कुरा बताएर मात्रै फर्कन्छौं’ प्रचण्डले भने ‘  अझै पेलेर जान खोजिए हामीहरु संविधानसभामा नर्फकन पनि सक्छौ ।’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice