• शुक्रबार ०३, कार्तिक २०७४

किन प्रचण्ड आत्तिदै बैद्य र विप्लवलाई फोन गरे ?

काठमाडौं । संविधानसभाध्यक्ष सुवास नेम्वाङ आफैँ अघि सरेर बहुमतका आधारमा प्रश्नावली समिति बनाएपछि संविधानसभा छाडी मोहन वैद्य र नेत्रविक्रम चन्दहरूसँग कार्यगत एकता गर्ने निचोडमा पुगेका प्रचण्ड एकाएक पछि हटेका छन् । मोहन वैद्य, रामबहादुर थापा र विप्लवलाई सम्पर्क गरी यो संविधानसभाले १२ बुँदे समझदारी, दोस्रो जनआन्दोलन, विस्तृत शान्ति–सम्झौतासहित विभिन्न समुदायसँगका सम्झौता र अन्तरिम संविधानको मर्मलाई उल्ट्याउने काम गरेकाले अब त्यहाँ रहनुको औचित्य सकिएको बताएका थिए ।
प्रचण्ड आफैँले त्यसो भनेपछि वैद्य र विप्लवले उत्साहित हुँदै संविधानसभा छाडेर संयुक्त आन्दोलनमा आउन आग्रह गरे । विप्लव नेतृत्वको माओवादीले पत्रकार सम्मेलनमार्फत एमाओवादीले संविधानसभा छाडेर आए सहकार्य गर्ने घोषणा ग¥यो । तर, आइतबार र सोमबार बिहानसम्म संविधानसभाको औचित्य सकिएकाले अब आफूहरू त्यहाँ रहनुको कुनै अर्थ नरहेको बताएका प्रचण्ड साँझ भने हतारमा निर्णय गरेर पछि पछुताउनुभन्दा एक महिना पर्खी हेर्ने मुडमा पुगे ।
सोमबार साँझ ३० दलीय गठबन्धनको बैठकमा उनले कांग्रेस र एमालेको संगठन गाउँ तहसम्म भएकाले उनीहरूसँग लड्ने तरिका पनि फरक हुने भन्दै त्यसका लागि कुन–कुन बिन्दु र स्थानमा कसरी आन्दोलन उठाउँदा निर्णायक बनाउन सकिन्छ जमेरै तयारी गर्नुपर्ने बताएका थिए ।
३० दलीय मोर्चाको बैठकसम्म आइपुग्दा प्रचण्डको सहयात्री मधेसी मोर्चाका नेता विजय गच्छदार, उपेन्द्र यादव, राजेन्द्र महतोसँग मात्रै छलफल भएको थिएन, उनले भारतीय राजदूत रञ्जित रे र राष्ट्रपति रामवरण यादवको समेत सन्देश पाइसकेका थिए । एमाले नेता माधव नेपाल र कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले समेत उनलाई पछि आफैँलाई फर्कन अप्ठ्यारो हुनेगरी कुनै कदम नचाल्न सन्देश पठाएका थिए ।
भारतीय दूतावासको दिवाभोजबाट फर्किएलगत्तै प्रचण्ड र बाबुरामले मात्रै सिंहदरबारमा आधा घण्टा छलफल गरे । त्यो छलफलपछि दुवै केही समय अनौपचारिक ढंगले सहमतिमा लाग्ने र एक महिनासम्म निकास ननिस्के क्रियात्मक आन्दोलनमा जाने निचोडमा पुगे ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice