‘बहुमतीय प्रणाली मान्दै आएका विदेशीले सहमतिको अर्ती दिन सुहाउँदैन’

कास्की । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सहमतिका लागि विदेशीले दिएको अर्ती ढोंग भएको बताएका छन् । गणेशमान शतवार्षिकीका अवसरमा आज पोखरामा आयोजित सभामा पौडेलले विदेशीहरुले सहमतिको अर्ती दिएकोप्रति आपत्ति जनाएका हुन् । ‘आफ्नो देशमा बहुमतीय प्रक्रियाबाटै विषयहरुको छिनोफानो गर्दै आएकाले अरुलाई सहमति गर्ने अर्ती दिन हुँदैन,’ उनले भने, ‘सहमतिको कुरा गर्नेहरुको देशमा सहमतिले सरकार चलेको छ ?’ उनले विदेशी नेताहरुलाई नेपालको सन्दर्भमा सहमतिको कुरा नगर्न आग्रह समेत गरे ।
पौडेलले लोकतान्त्रिक विधि भनेकै बहुमतीय पद्धति भएको र यही विधिबाट संविधान जारी हुने बताएका छन् ।
सहमतिका लागि सत्तापक्ष हदैसम्म लचक भए पनि विपक्षी मोर्चाले अड्को थापेको उनको भनाइ थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice