घुस्याहा सब–इन्जिनियर रंगेहात पक्राउ

पाल्पा । घुस लिँदै गरेका जिल्ला विकास समिति पाल्पाका सब इन्जिनियर युवराज घिमिरे रंगेहात पक्राउ परेका छन् । घिमिरेलाई बुटवल ट्राफिक चोकको सुजाता होटल एन्ड लजबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
जिल्लाको दोभान गाविसको झेलुंगे पुल बनाउने ठेक्का मिलाइदिने भन्दै घिमिरेले ७० हजार रुपैयाँ घुस लिएको बताइएको छ ।
घिमिरेमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice