bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2015/01/2336 ) ) )

एक अर्कालाई सदन र सडकबाट तह लगाउने रणनीति अख्तियार गरेका दलहरु आज एउटै टेवुलमा

reception-1024x682काठमाडौ, । एकसाता अघि संविधानसभा भवनमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली लगाएतका नेताहरुलाई प्रतिपक्ष दलहरुले निसाना बनाएपछि बोलचाल बन्दै अवस्थामा पुगेका राजनीतिक दलहरु आज एकै ठाउँमा जम्मा भएका छन् । सडकबाट सत्ता पक्षलाई र सदनको दुई तिहाई बहुमतिबाट विपक्षदललाई तह लगाउने रननीति अख्तियार गरेका दल प्रमुख नेताहरु खुसियाली मनाउँदै भारतीय दुतावासमा जम्मा भएका छन् ।
भारतीय गणतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रममा सत्ता र विपक्ष दलका नेताहरु उपस्थित भएका छन् । एक अर्काेसँग वार्ता र संवाद समेत नगर्ने औपचारिक निर्णय गरेका दलहरुको अनौपचारिक संवाद आजै सुरु हुने भएको छ ।
भारतीय दुतावास लैनचौरमा कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री कृष्ण सिटौला, एमाले अध्यक्ष केपी ओली, नेता माधवकुमार नेपाल, बामवेद गौतम, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्रीहरु सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द र संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, माले महासचिव सिपी मैनाली, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदार, फोरम नेपालका उपेन्द्र यादव लगाएतका नेताहरु पुगेका छन् ।

One thought on “एक अर्कालाई सदन र सडकबाट तह लगाउने रणनीति अख्तियार गरेका दलहरु आज एउटै टेवुलमा

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice