ओलीले भने : बाध जिस्क्याए बिरालोको हालत के होला ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीले ज्यादती गरे त्यसको प्रतिवाद गर्न सभासद र कार्यकर्तालाई निर्दशन दिएका छन् । अध्यक्ष ओलीले संविधान बन्न नदिन माओवादीले गरेको हर्कतका वारेमा जनतालाई जानकारी गराउन जिल्लामा जान सभासद्लाई ५ देखि १० दिनको छुट्टि दिएका छन् ।
सभाध्यक्ष सुवासचन्द्र नेम्वाडले संविधानसभाबाट प्रश्नावली समिति गठन गरेपछि एमालेले गरेको पत्रकार सम्मेलनमा ओलीले समितिमा भएका सभासदलाई पाँच दिन र समितिमा नभएकालाई दश दिनको बिदा दिएका हुन् ।
‘माओवादीले आदिवासी जनजाति, मधेशी, दलित र उप्पीडित समुदायलाई एमालेबिरुद्ध प्रयोग गर्न सक्ने आशंकामा उनले जिल्ला जान निर्देशन दिएका हुन् । उनले एमाओवादीले शिर्जना गरेको भ्रमलाई प्रतिवाद गर्न उनले निर्देशन दिएका छन् ।
‘अहिले बाघलाई बिरालोले जिस्काएजस्तो भइरहेको छ,  नजिस्काउ, साँच्चिकै प्रतिवाद गर्नुपरेमा निकै महँगो पर्नेछ ’ ओलीले सप्तरीमा एमाले पार्टी कार्यालयमा भएको आगजनीलाई संकेत गर्दै भने ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice