संविधानसभाको आजको कदम नसच्याए विपक्षदल सभाध्यक्ष र सत्तापक्षसँगको वार्तामा नजाने

काठमाडौं । एकीकृत नेकपा माओवादीसहितको मोर्चाले सत्तारुढ दलले आफ्नो निर्णय नसच्याएसम्म संविधानसभा र वार्तामा नजाने निर्णय गरेको छ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले एमाओवादीसहित विपक्षदलको विरोध हुँदा हुदै प्रश्नावली समिति गठन गरेपछि आक्रोसित बनेको मार्चाले यस्तो निर्णय गरेको छ ।
आइतबार  मोर्चाको बैठकपछि सिंहदरबारमा पत्रकार सम्मेलन गरि १९ दलिय मोर्चाका अध्यक्ष प्रचण्डले भने ‘पहिले संविधानसभामा गरिएको बल मिच्याईलाई सच्याउनु परयो, त्यसपछि मात्र संविधानसभा र वार्तामा जाने बाटो खुल्छ ।’ उनले संविधानसभाबाट संविधान बन्ने ग्यारेन्टी नभएसम्म संविधानसभामा नजाने बताए । ‘अव हामी संविधानसभामा चालिएको कदम सच्याएसम्म  सत्तारुढ दल र सभामुखले बोलाएको वार्तामा जाँदैनौं ।’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice