bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2015/01/2182 ) ) )

एमाओवादी वितण्डाले संविधान आएन

केपी शर्मा ओली
हामी सबैलाई थाह छ, देश संक्रमण कालबाट गुज्रिरहेको छ । संक्रमण काल टुंग्याउनका लागि हामीलाई संविधान निर्माण गर्नुपरेको छ । हामीले दोस्रो संविधानसभाको पहिलो बैठकमा एक वर्षभित्र अर्थात् यही ८ माघभित्र संविधान दिन्छौँ भनेका थियौँ । एक वर्षभित्र संविधान दिने कुरा हरेक दलले आफ्ना घोषणापत्रमा लेखेका पनि छन् । हरेक दलका नेताले आफ्ना भाषण र मन्तव्यमा पनि यो कुरा बोलेकै हुन् । सबैभन्दा बढी एमाओवादीले भनेको थियो, ‘हामी जनताका अगाडि प्रतिज्ञा गर्दछौँ, एक वर्षभित्र संविधान दिन्छौँ । ६ महिना सहमतिका लागि प्रयास गर्छौं । सहमति जुटेन भने प्रक्रियामार्फत् लोकतान्त्रिक विधिबाट संविधान दिनेछौँ । यो हाम्रो भीष्म प्रतिज्ञा भयो ।’ चुनावअघि एमाओवादीको भाषा यस्तै थियो । तर, चुनावपछि भने उहाँहरु संविधान नबनाउने प्रयासमा लाग्नुभयो । हामीले उहाँहरुको प्रतिबद्धतालाई याद दिलाउने कोसिस ग¥यौँ । तर, भएन । अन्तः संविधानसभालाई बन्धक बनाएर उनीहरुले संविधान ल्याउन दिएनन् ।
अहिलेको पक्षधरताको समय होइन । नेपालको सञ्चार क्षेत्रमा, नेपालको बुद्धिजीवी जगतमा पक्षधरता प्रवृत्ति देखिन्छ । जो जताको हो, त्यतै उभिनुपर्छ जस्तो भए पनि । केही–केही सञ्चार माध्यमहरु भारतको संसद्मा के भाको थियो, जापानको संसद्मा के भाको थियो, कहाँ–कहाँ नराम्रो भाको थियो, खोज्दै हिँडेका छन् । अनि, अन्त पनि नराम्रै भाको थियो, यहाँ पनि त्यस्तै हुनुपर्छ भनेर सन्देश प्रवाहित गर्न हुरुक्क भएर लागेको देखिन्छ । अन्त संसद्मा भाको थियो, संविधानसभामा होइन । हामीले संसद् र संविधानसभाको भिन्नतालाई बुझ्नुपर्छ । संसद्मा पक्ष–प्रतिपक्ष हुन्छ, यहाँ हामीले पक्ष–प्रतिपक्ष भनेका छैनौँ । हामीले संविधानसभा भनेका छौँ । यसमा सत्तापक्ष र प्रतिपक्ष, बहुमत पक्ष र अल्पमत पक्ष भन्ने होइन । यो उत्तम र उपयुक्त, जनताले खोजेजस्तो संविधान निर्माण गर्ने थलो हो । संविधानले विगतको हाम्रो गौरवपूर्ण इतिहासको सम्मान गर्न सक्नुपर्छ । आजका गम्भीर र जटिल समस्याको समाधान गर्न सक्नुपर्छ । यसमा कुनै व्यवधान, नाराबाजी, तोडफोड कल्पनै गर्न सकिँदैन । संसदमा कहिलेकाहीँ सत्तापक्ष र प्रतिपक्षबीच विविध कुरामा विवाद हुन्छ । संविधानसभामा यो परिकल्पनै गरिएको विषय होइन । तर, विचित्र छ, सदन र सडक जोड्न खोजिएको छ । भित्र र बाहिर तोडफोड गरियो । जसको परिणाम संविधान आउन सकेन । यसमा एमाओवादी सफल भयो । सभाध्यक्षले हरेक प्रयत्न गर्दा पनि उनीहरुले आफ्नो अवरोध हटाएनन्, अराजक शैलीमा नारावाजी गरिरहे । अन्त राति बैठक स्थगित भयो ।
संविधानसभामा विभिन्न विचारका संवाहक आएपछि अहिले जस्तो देखिएको छ, त्यस्तो हुने नै भयो । यो त्यति अनौठो होइन । मेरो भनाइ के हो भने, कसैले पनि यसमा पक्षधरता र समर्थन गर्ने होइन । तर, यहाँ तर्क, कुतर्कले नराम्रो पनि ठीकै भनी पुष्टि गर्न खोजिएको छ ।
आज दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो । हिजो गरिब रहेका ठाउँहरुमा आज हामी जीवन र जीविकाको खोजीमा जानुपर्ने अवस्था आइसक्यो । तर, गौरवपूर्ण पुर्खाले बाँचेको देशमा, अति सुन्दर प्राकृतिक स्रोत र साधनले सम्पन्न देशमा हामी गरिब छौँ । यस्तो गरिब देशमा क्रान्तिकारिताका लफ्फाबाजी गर्ने, जनता भाँड्ने र भड्काउने कुरा उपयोगी हुन सक्दैन । म सञ्चार जगतलाई आग्रह गर्न चाहन्छु, पहिलो कुरा देश हो, देशलाई माया ग¥यौँ । हिजो रहेका अन्याय, अत्याचार, थिचोमिचो अब लोकतन्त्रमा चल्दैन, हामीले त्यसलाई संवैधानिक कानुनी र व्यावहारिक रुपमा अन्त गरेका छौँ र गर्छौं । अब हामी समतामूलक र सभ्य समाजतर्फ अगाडि बढ्छौँ र त्यसका निम्ति हामीलाई राष्ट्रिय एकता आवश्यक पर्छ । भूगोलका आधारमा, जातका आधारमा, धर्मका आधारमा, समुदायका आधारमा, विभिन्न आधारमा जसरी विभाजित गर्न खोजिन्छ त्यो उपयुक्त होइन । अत्यन्तै गम्भीर नकारात्मक प्रवृत्ति हो । यो सानो देशमा राष्ट्रिय एकताको अत्यन्तै खाँचो छ । हामी शिक्षा, स्वास्थ्य, कृषि सबै क्षेत्रमा पछाडि छौँ । हाम्रो कृषिमा आधुनिकता र व्यावसायिकता छैन । हामीले पर्यटनको विकास गर्न सकेका छैनौँ । नदीनाला भएको र हिमालले घेरिएको, विविध वन्यजन्तु, पक्षी भएको देशमा हामीले पर्यटकलाई निम्त्याउन सकेका छैनौँ । यो क्रान्तिकारी कुरा गर्ने, नचाहिने गफ चुटेर बस्ने समय होइन । अब जनताको हातमा शासन छ, राजतन्त्र छैन, कुनै जहाँनियाँ शासन छैन । राजा–महाराजाको थिचोमिचोअन्तर्गत जनता बस्नुपरेको छैन ।
जनताले निर्णय गनुप¥यो । तर, जनताले चुनेर पठाएको संविधानसभा हेर्नुस् त, के गति छ । जनतासँग लिखित गरेका भीष्मप्रतिज्ञा के भयो ? अझै दम्भका साथ भनिदैछ ‘ प्रतिक्रियावादी संविधान बन्न दिएनौं ।’
उहाँहरुको सभ्यता कस्तो हो ? सभा सुरु भयो भन्नेबित्तिकै सभाध्यक्षमाथि आक्रमणको प्रयास गरिन्छ । मर्यादापालक मानिलिउँ मान्छे नै होइनन् जस्तो व्यवहार गरिएको छ । कसैलाई चिथोरिएको छ, कसैलाई हानिएको छ । ती छेक्न मात्रै बसेकालाई हातै भाँचिदिनुपर्ने ?
अझ ममाथि आक्रमण गर्ने त उहाँहरुको लामै समयदेखिको योजना रहेछ । उहाँहरुका केन्द्रीय सदस्यले साबिती बयान दिइरहेका छन् । लामै समयदेखि मलाई आक्रमण गर्ने प्रयास गरेको तर मौका मिलेको रहेनछ । अस्ति, ममाथि चार माइक प्रहार गरियो । मलाई पहिलो माइकले मात्रै लाग्यो । दोस्रो माइक मोरङका ऋषि पोखरेलजीलाई लाग्यो, मलाई छेक्दाखेरि । तेस्रो माइक विद्या भण्डारीजीलाई लाग्यो । चौथो माइकचाहिँ त्यत्तिकै भुँइमा खस्यो ।
मलाई उहाँहरुको सभ्य, क्रान्तिकारी भाषाको र व्यवहारको खासै कमेन्ट गर्नु छैन । मैले उहाँलाई राम्रैसँग चिनेको छु । गोरु नांगै देख्दा मलाई लाज लाग्या छैन । त्यो स्वाभाविक कुरा हो । संविधानसभाभित्रको त्यो तमासा देख्दा लाग्यो, यी कुन ग्रहबाट आएका होलान् ।
हिजो दिउँसोको सभा पनि उहाँहरुले बिथोल्नु नै भो । रातिको सभापनि विथोलेपछि संविधान आउन नसकेको हो । म नेकपा एमालेको तर्फबाट नेपाली जनतालाई भन्न चाहन्छु, यो संविधानसभा विघटन र असफलताको नियति भोग्नका लागि बनेको होइन । यो विगतका गल्ती सच्याएर, अनुपयुक्त बनावटलाई अस्वीकार गरेर, उपयुक्त बनावटका साथ संविधान निर्माण गर्नका लागि बनेको संविधानसभा हो । यसले संविधान दिनेछ ।
हो, हामीले ८ माघमा संविधान दिने भनेका थियौँ । तर, तीन महिना हाम्रो खुट्टा संवाद समितिका नाममा एमाओवादी नेता बाबुराम भट्टराई समाते ।
माओवादीले शब्दको प्रयोग भने निकै चलाखीसाथ गर्छ । उसले कति बेला कुन शब्द प्रयोग भनी जान्न गाह्रो हुन्छ । एकछिन एउटा कुरा गर्छ, फेरि केहीबेरमै अर्को कुरा गर्छ ।
हाम्रो देश एक सय २५ जातजातिको देश हो, एक सय २३ भाषाभाषीको देश हो । विभिन्न सम्प्रदाय, विभिन्न धर्मावलम्बीको देश हो । यहाँ सबै प्रकारका विभेद अन्त गर्नुपर्छ । हामीले समान अवसर ल्याउन चाहन्छौँ । हामीले जातीय घृणा र विद्वेष फैलाउन खोजेको होइन । पहिचान लोपोन्मुख जातिलाई पनि चाहिन्छ, तर त्यस विषयमा कोही बोलेको छैन । त्यसैले पहिचान नेपालमा साम्प्रदायिक विद्वेष भड्काउने कपटी खेल हो । नेपालीको पहिचानमा आ–आफ्नो थर, ठाउँले दिएकै छ ।
हाम्रो उद्देश्य भनेको देशको विकास गर्ने र गरिबी हटाउने हो । त्यसै अनुरुपको संविधान ल्याउने हो । तर, यहाँ अग्रगामी र जनसंविधान भनिएको छ । त्यो अग्रगामी संविधान भनेको के हो ? टाकुरेहरु कराउन थालेका छन्, कांग्रेस, एमालेले ०४७ सालको प्रतिक्रियावादी संविधान ल्याउन लागेका थिए हामीले दिएनौं’  भनेर । मैले सबैले बुझ्ने भाषामा भन्न चाहन्छु, हामीले शान्ति र लोकतन्त्र कायम गर्ने, सामाजिक न्याय र समानता कायम गर्ने, राष्ट्रिय एकता बनाउने, देशलाई समृद्धितर्फ संविधान हामी ल्याउन चाहेका थियौँ र ल्याउँछौँ पनि । के यो संविधान ०४७ सालको हुन्छ ? एक दलीय एकाधिकारवादको सपना कसैले देख्छ भने, एमालेका निम्ति त्यो स्वीकार्य हुँदैन । एउटाले भनेको सुनेँ, यो ०४७ सालको मसानले संविधानसभा खोस्यो । अनि, तोडफोड गरेको कुन चाहिँ मसानले हो त ? यहाँ त, दुनियाँभरिको तानाशाहहरुको मसान पो अवतरित भएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice