आज केन्यालाई हराए नेपाल डिभिजन वानमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली यतिबेला ऐतिहासिक सफलताको सँघारमा छ । नामिबियामा जारी आइसिसी वर्ल्‍ड क्रिकेट लिग डिभिजन दुईमा शुक्रबार केन्यालाई पराजित गरे नेपाल डिभिजन एकमा पुग्ने छ । केन्यासँग हारे पनि नेपाल अगाडि बढ्ने सम्भावना छ, तर त्यसमा ढुक्क हुने अवस्था भने छैन।
शुक्रबार हुने अन्य खेलमा युगान्डाले नेदरल्यान्ड्सलाई र नामिबियाले क्यानडालाई पराजित गर्न सके केन्यासँग हारे पनि नेपाल अगाडि बढ्ने छ।
तर नेपाल केन्यासँग पराजित भए तथा नेदरल्यान्ड्स र क्यानडाले आ आफ्ना खेल जिते शीर्ष चार टोलीको समान अंक हुनेछ। यस्तो स्थितिमा डिभिजन एकमा उक्लने टोलीको टुंगो नेट रनरेटका आधारमा लगाइने छ।
एक खेल खेल्न बाँकी रहँदा नेट रनरेटमा नामिबिया पहिलो, नेपाल दोस्रो, क्यानडा तेस्रो र नेदरल्यान्ड्स चौथो स्थानमा छन्। शीर्ष दुई स्थानमा आउने टोली डिभिजन एकमा उक्लने प्रावधान छ।
नेपाल हालसम्म डिभिजन एकमा पुग्न सकेको छैन। नेपाली टोलीका प्रशिक्षक पुबुदु दासानायकेले केन्यासँगको खेल महत्त्वपूर्ण रहेको बताए। अन्तिम खेलको नतिजापछि मात्र अगाडि बढ्ने नबढ्ने निश्चित हुने भएकाले केन्यासँग पनि हामी जितका लागि प्रयास गर्नेछौं ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice