नेपालको लगातार तेस्रो जित, बलियो टोली नामिबिया तीन विकेटले पराजित

काठमाडौं । प्रतियोगिताको बलियो टिम नामिबियालाई तीन विकेटले हराउँदै नेपालले आइसीसी विश्व क्रिकेट लिग डिभिजन–टु मा आफ्नो बलियो उपस्थिति जनाएको छ । आयोजक राष्ट्र नामिवियालाई ३७.५ ओभरमा ७ बिकेटको क्षतिमा नेपालले आफ्नो लक्ष्य पुरा गरेको छ । लिग डिभिजनमा तीन खेल जितेको नामिबिया नेपालसँग पराजित भएको छ  । प्रतियोगितको बलियो दावेदार टोली नामिबियालाई हराउन कप्तान पारस खड्काले र तिव्रगतिका बलर करण केसीले उत्कृष्ट प्रदेशन गरे ।
नेपालले पहिले टस जितेर नामिबियालाई  ब्याटिङको निम्तो दिएको थियो । नामिबिया ४९.१ ओभरमा सवै विकेट गुमाउदै १ सय ४२ रनमा समेटिएको थियो । नामिबियालाई सस्तैमा समेटने क्रममा केसीले तीन विकेट र सोमपाल कामी, बसन्त रेग्मीले समान दुई दुई विकेट लिएका थिए ।
नामेवियाले दिएको चुनौति पछ्याउन जवाफी ब्याटिङमा उत्रेको नेपालले आफ्ना प्रारम्भीक ब्याट्सम्यान सुवास खकुरेल र सागर पुनलाई सस्तैमा गुमाएको थियो । त्यसपछि मैदानमा उत्रेका कप्तान खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले पारिलाई समाल्दै जित उन्मुख बनाएका थिए । कप्तान खड्काले ६४ रन बनाए भने मल्लले ३० रन बनाए । पछिल्लो दुई ओभरमा चार रन बनाउँदै नेपालले तीन विकेट गुमाएको थियो । अन्तिम एक रन लिन नेपाललाई निकै चुनौतिको सामना गर्नु परयो ।  

One thought on “नेपालको लगातार तेस्रो जित, बलियो टोली नामिबिया तीन विकेटले पराजित

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice