नामिबियाः १० ओभर ३ विकेट २७ रन

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन–टू अन्र्तगत आज आयोजक राष्ट्र नामिबिया र नेपालबिच खेल भइरहेको छ । पहिले टस जितेर नामिबियालाई नेपालले ब्याटिङको निम्तो दिएको थियो । नामिबियाले १० ओभरमा ३ विकेट गुमाउँदै २७ रन बनाएको छ ।
१० ओभरमा ५ ओभर खेल्दै तिव्र गतिका नेपाली वलर करण केसीले एक मेडन राख्दै २ विकेट लिएका छन् भने सोमपाल कामीले एक मेडन राख्दै १ विकेट लिएका छन् ।
यस प्रतियोगितमा नामिबिया र नेपाल दुवै दावेदार टिम हुन् । हालसम्म भएका खेलमा नामिबियाले तीन खेल जितेको छ भने नेपालले एक खेल गुमाउँदै दुई खेल जितेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice