• शुक्रबार ०३, कार्तिक २०७४

निर्णायक वार्तामा निस्केन निकास

18616काठमाडौं । संविधानका विवादित विषयमा अन्तिम छलफल गर्न सोमबार बिहानैदेखि जुटेका दलहरू फेरि असफल भएका छन् । आइतबार संविधानका विवादित विषयमध्ये शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा सहमति जुटिसकेको अभिव्यक्ति नेताहरूले दिएका थिए । नेताहरूले आइतबार साँझ दिएको अभिव्यक्ति सोमबार बिहानसम्म टिक्न सकेन । संविधानका कुनै पनि विवादित विषयमा भने जस्तो सहमति नभएको एमाले उपाध्यक्ष विद्या भण्डारीले बताइन । माओवादीतर्फ लक्षित गर्दै भण्डारीले भनिन्, ‘उहाँहरूको हिजो साँझको कुरा सकारात्मक थियो, सहमतिको आशमा हामी खुसी साथ निदायौँ । तर, बिहान उहाँहरूको कुरा उही पुरानै छ, हामी भ्रममा परेछौँ ।’
सोमबार बिहान सत्तापक्ष दलका तर्फबाट एमाले अध्यक्ष केपी शर्मा ओली र प्रतिपक्ष दलका तर्फबाट एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच एक घन्टा लामो गोप्य छलफल भएको थियो । छलफलपछि आम सहमति जुट्ने आशा गरिएको थियो । तर, चार दलको बैठकमा पुरानै कुरा पुनः दोहोरिएपछि निर्णायक वार्ता विफल भएको छ ।
वार्ताबाट सहमति जुट्न नसकेपछि एमालेका नेताहरू आफ्नो पूर्वनिर्धारित कार्यक्रमका लागि प्रज्ञा प्रतिष्ठानतिर लागेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice