हिन्दुराष्ट्रको माग गर्दै साढे तीन सय योगी सडकमा

1shivaratri2013काठमाडौं । सनातन हिन्दुराष्ट्रको माग गर्दै बाराको पथैलैयामा साढे ३ सय योगीहरुले प्रर्दशन गरेका छन् । आइतबार दिउसो १२ बजेदेखि त्यहाँ उपस्थित भएका योगीहरुले हिन्दुराष्ट्रको माग गर्दै प्रर्दशन गरेका छन् ।
साधुमहासंघ र शिवसेना नेपालको आयोजनामा साढे तीन सय साधु सडकमा ओर्लेका छन् । उनीहरुले शान्तिपूर्णरुपमा सडकमा धर्ना समेत दिएको सेवक सौरभनाथ तथा शिवसेना नेपालका केन्द्रीय सदस्य जितेन्द्र सिंहले बताए । योगीहरुले नेपाललाई सनातन हिन्दुराष्ट्र कायम गर्न माग गर्दै प्रर्दशनमा जुटेका हुन् । उनीहरुका प्रर्दशन दिउसो १ बजेसम्म हुने आयोजकले बताएका छन् ।
त्यसैगरि कंचनपुरको महेन्द्रनगरमा पनि सनातन हिन्दुराष्ट्रको माग गर्दै प्रर्दशन गरिएको छ । नेपाललाई हिन्दुराष्ट्र बनाउन माग गर्दै ४१ दिनदेखि मन्दिरमा अनुष्ठान ( उठेर गर्ने प्रार्थना) गरिरहेका युवा र योगीहरुले प्रर्दशन गरेको शिवसेना नेपालका केन्द्रीय सदस्य इश्वर चन्दले बताए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice