लोकसेवाले माग्यो पाँच सय नायबसुब्बाको दरखास्त

काडमाडौं । लोकसेवा आयोगले देशका पाँच क्षेत्रीय कार्यालयहरुबाट खुला तथा समावेशीतर्फ गरी कुल चार सय ८२ राजपत्र अनंकित प्रथम श्रेणी अप्राविधिक नायब सुब्बाका लागि विज्ञापन प्रकाशन गरेको छ । पूर्वाञ्चल क्षेत्रीय निर्देशनालयबाट एक सय चार, मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयबाट दुई सय चार, पश्चिमाञ्चलबाट ८३, मध्यपश्चिमाञ्चलबाट ५५ र सुदूरपश्चिमाञ्चलबाट ३८ नायब सुब्बा पदका लागि विज्ञापन गरिएको हो । खुला प्रतियोगिताबाट पदपूर्ति गर्ने कुल पदसंख्या मध्ये ४५ प्रतिशत समावेशी र ५५ प्रतिशत खुला प्रतिस्पर्धाबाट छनोट गरिनेछ ।
आयोगको सूचनाअनुसार प्रथम पत्रको सामान्य ज्ञान र सामान्य बौद्धिक परीक्षणको परीक्षा (वस्तुगत) आगामी २५ वैशाख दिउँसो ४ बजे, दोस्रो पत्र सामाजिक आर्थिक अवस्था विषयको विषयगत परीक्षा २६ वैशाख दिउँसो ११ बजे र तेस्रो पत्र ऐच्छिक प्राज्ञिक विषयको वस्तुगत परीक्षा २६ वैशाखकै दिउँसो ३ बजेका लागि तय गरिएको छ ।
परराष्ट्र सेवाका लागि चौथो पत्र अंग्रेजी भाषा र कूटनीतिक विषयको परीक्षा २७ वैशाख ८ बजेका लागि तोकिएको छ ।
फारम भर्दा उम्मेदवारले चार सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ । तर, समावेशी समूहमा समेत फारम भर्नेले थप समावेशी समूहका लागि चार सय रुपैयाँसँगै प्रत्येकको दुई सयका दरले शुल्क तिर्नुपर्नेछ ।  परराष्ट्र सेवाको थप पत्रका लागि  दुई सय रुपैयाँ थप गर्नुपर्नेछ ।
उम्मेदवारले क्षेत्रीय निर्देशनालय तथा क्षेत्रीय निर्देशनालयसँग सम्बन्धित अञ्चल कार्यालय र लोकसेवा आयोगको कार्यालय नभएका जिल्लाको हकमा सम्बन्धित जिल्ला हुलाक कार्यालयमा पनि दरखास्त बुझाउन सक्नेछन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice