bijaystdClass Object ( [error_code] => 4 [error_msg] => Application request limit reached (4) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2015/01/1635 ) ) )

आन्दोलनमा रहेका बिपक्ष दलले संविधानसभाको बैठक बहिष्कार गरे

c4d11ae9e3a228d45a67a8c6e61b5435काठमाडौं । संविधान निर्माणका लागि छलफल गर्न बोलाइएको संविधानसभाको बैठक आन्दोलनमा रहेका प्रतिपक्ष दलहरुले बष्किार गरेका छन् ।  आन्दोलनमा रहेका एमाओवादीसहित मधेसी दल बैठकमा उपस्थित नहुने भएका छैनन् । उनीहरुले संविधानसधाको बैठक नै बहिष्कार गरेका छन् ।
आन्दोलनमा रहेका प्रतिपक्ष दलहरुले संविधानसभाको बैठक बष्किार गरेपनि सत्तारुढ दल नेपाली कांग्रेस र एमालेका नेताहरु भने बिहान ८ बजे नै संविधानसभामा पुगिसकेका छन् । संविधानका अन्तरबस्तुमा छलफल गर्न कांग्रेस एमालेका नेता बिहानै संविधानसभा पुगेका हुन् ।
विपक्षी दलका नेता पुष्पकमल दाहाल र मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारले आफ्नो कार्यकर्ता  राजाराम झाको प्रहरीको कुटाइबाट मृत्यु भएको भन्दै संविधानसभाको बैठक स्थगित गर्न माग थिए । संविधानसभाको बैठक स्थगित नगरेपछि उनीहरु बानेश्वर पुगेनन् ।
बैठकमा संवैधानिक समितिका सभापति बाबुराम भट्टराईले संविधानमा नमिलेका विषयहरुको प्रतिवेदन पेश गर्ने कार्यक्रम तय गरिएको थियो ।

भट्टराई पनि बैठकमा अनुपस्थित
संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. भट्टराई पनि बैठकमा अनुपस्थित भएका छन् । भट्टराईले नै संविधानका विवादित बिषयमा सहभति हुन नसकेका बिषय समेटी प्रतिवेदन पेश गर्ने कार्यक्रम तय गरिएको थियो । तर उक्त बैठकमा भट्टराई नै अनुपस्थित भएका छन् ।
भट्टराईको अनुपस्थितिमा बरिष्ठ सदस्य सूर्यबहादुर थापाले प्रतिवेदन पेश गर्ने भएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice