श्रीलंकामा नयाँ राष्ट्रपतिका लागि मतदान सुरु

एजेन्सी । श्रीलंकामा नयाँ राष्ट्रपतिका लागि मतदान भइरहेको छ । सन् २००५ देखि लगातार राष्ट्रपति रहँदै आएका महिन्दा राजपक्षेले सहजै विजय हुने विश्वास गर्दै दुई वर्षअघि चुनावको मिति तोकेका थिए । तर, उनकै मन्त्रिमण्डलमा काम गरेका मैथिरपल्ला सरसेनाले उनीविरुद्ध उम्मेदवारी दिएकाले प्रतिस्पर्धा कडा नै हुन सक्ने बताइएको छ । सरसेनाले राजपाक्षे तानाशाह बन्दै गएकाले उनीविरुद्ध आफूले उम्मेदवारी दिएको बताएका छन् । चुनावअघि सरसेनाको पक्षमा थुप्रै चुनावी ¥यालीका दृश्य देखिएकाले पनि चुनावको नतिजा आँकलन गरिहाल्न नसकिएको विश्लेषण गरिएको छ । सन् २००९ मा तमिल संघर्र्ष दमन गरेपछि राजापाक्ष शक्तिशाली बनेको आँकलन गरिएको थियो । राजपाक्षे सन् २०१० मा पूर्वसेना प्रमुखलाई हराएर दोस्रोपटक राष्ट्रपति बनेका हुन् ।
आज बिहीबार साँझ ७ बजेसम्म मतदान हुने जनाइएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice