होहल्लापछि कता हराए रौनियार ?

मिडियामा खुबै हल्लीखल्ली गरेर रिलिज गरिएको फिल्म ‘हाइवे’का निर्देशक हुन्,  दीपक रौनियार । उनले यो फिल्म हेर्न दिमाग चाहिन्छ भन्नसमेत पछि परेनन् । तर, यही फिल्म सुपरफ्लप भएपछि ‘हाइवे’ जस्तो चलचित्र बुझ्ने क्षमता नेपाली दर्शकमा नभएको भन्दै हायात होटलको पत्रकार सम्मेलनमा रोइकराइ गर्ने उनी अमेरिका भासिएका छन् । हाइ–वे चलचित्रको सम्पादन गर्ने ठाउँ नेपालमा नभएकाले अमेरिकामै गर्नुपर्ने भयो भन्दै सामाजिक सञ्चालनमार्फत पैसा मागेर झन्डै ३० लाख बटुलेका थिए । देश÷विदेशमा रहेकाहरूसँग मागिएको पैसाले चलचित्रभन्दा दीपकलाई नै फाइदा भयो । अहिले उनी अमेरिकामा मधेसकेन्द्रित लेख लेख्ने गर्छन् । केही समयअघि मधेसी भएकाले नै धेरैतिर पीडित हुनुपरेको बताउँदै लेख लेखेका थिए । त्यसपछि सीके राउतलाई सरकारले समातेर गम्भीर गल्ती गरेको छ । तुरुन्त रिहा गरियोस् भन्दै विचार फेसबुकमा कराए । हाल अमेरिकामै बस्ने एक कलाकारसँग घरजमसमेत गरेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice