पूर्वाञ्चल क्षेत्रका सवै सभासद्सँग एमाले अध्यक्ष ओलीको छलफल

काठमाडौं । संघियता लगाएतका बिषयमा राजनीतिक सहमति जुटन नसकि संविधान जारी गर्न सकस परिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वाञ्चल क्षेत्रका सभासद्सँग छलफल मंगलबार छलफल गरेका छन् । पूवाञ्चल क्षेत्रमा संघियताले पार्ने प्रभाव र सिमाङकणका बिषयमा अध्यक्ष ओलीले विभिन्न दलका सभासद्सँग छलफल गरेका छन् ।
कांग्रेस, एमाले, राप्रपा, एमाओवादीका सभासद्सँग ओलीले संविधानसभाभित्रै छलफल गरेका छन् । उनले सभासद्को राय बुझन र भावी योजना बनाउने छलफल कार्यक्रम आयोजना गरिएको एमाले स्रोतले जनाएको छ ।
पूवाञ्चलमा पूर्वका झापा मोरङलाई पहाड प्रदेशमा राख्ने या मधेश प्रदेशमा राख्ने भन्नेमा विवाद छ । यो विवादका बिषयमा साझा धारणा बनाउन पनि ओलीले पूवाञ्चलको सभासद् भेला बोलाएका हुन् ।
कतिपय सभासद् र राजनीतिक दलका नेताहरुले झापा, मोरङ र सुनसरी तीन जिल्लाको अलग्गै प्रदेश बनाउनुपर्ने माग राखेका छन् भने  कतिपयले लिम्बुजन्य संगठनहरुले अरुण नदीभन्दा पूर्वका ८ जिल्लालाई लिम्बुवान प्रदेश बनाउनुपर्ने माग गरेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice