‘कि कालकूट विष पिउँनुस् कि पिउन दिनुस्, तपाईहरुका जुंगा मैले देखि सकेँ’

thumb_1393227914_eb33c42fa7d3e03f147fd6f362eb5906

 संविधानसभामा मेरो कुनै भूमिका भएन भनी आलोचना भएका होलान्, तर यसले मलाई छुँदैन । ऐन–मौकामा मैले गर्नुपर्ने कुरा गर्छु भनेको थिएँ । अहिले बेला आयो र म बोलेको हुँ । नेताहरूले विशेष सहमति गर्न सक्नुभएन भने मलाई अधिकार दिनुप¥यो, मेरो कुरा प्रस्ट छ ।
तपाईंहरूले सहमति गर्नुभएन भने, दिमागमा अर्को कुरा पनि राख्नु होला, जुन म विकल्प प्रस्तावको रुपमा राख्छु । मलाई अहिले नियमले कुनै अधिकार दिएको छैन । तपाईंहरूले केही अधिकार मलाई दिनुस् । नियम निलम्बनको प्रस्ताव छ मेरो, नियम निलम्बन गरौँ । बाधा अड्काऊको प्रस्ताव छ, बाधा अड्काऊ फुकाऔँ । र, अहिलेसम्मका संविधानसभाका उपलब्धिको आधारमा उभिएर मलाई संविधानको मस्यौदा बनाउने अधिकार दिनुस् ।


सुवासचन्द्र नेम्वाङ(अध्यक्ष संविधानसभा)
अब म निरन्तर छलफल गरेकै छु, प्रयास गरेकै छु । तर, दलहरूबीचको पछिल्लो सहमतिको प्रयास जुन छ, त्यो निष्कर्षमा पुगेको छैन । नेताहरुले मलाई दुई घन्टामा टुंग्याउँछौँ पनि भन्नुभएको हो । उहाँहरूलाई मैले गृहकार्य गरेरै ८ माघमा संविधान बन्ने दस्तावेज बुझाएको पनि छु । उहाँहरूले त्यसैमा सहमति गरिदिँदा अझै पनि ८ माघमा संविधान बन्ने सम्भावना छ । तर, सहमति भएको छैन ।
मैले कार्य व्यस्वस्था समितिको बैठक राखेर सबै दललाई बोलाएँ । ३१सै दलका प्रतिनिधि आउनुभएको थियो । मैले आफ्नो कुरा राखेँ । तपाईंहरूले मलाई दुई घन्टामै सहमति हुन्छ भन्नुभाथ्यो । तर, अहिलेसम्म भएन । किन भएन ? ८ माघभित्र सहमति हुन्छ कि हुँदैन ? भनेर मैले प्रस्टसँग आफ्नो कुरा राखेँ ।
८ माघमा संविधान जारी गर्नका लागि दुईवटा कुरा हुनुपर्छ । पहिलो, मुद्दामा सहमति गर्नुस् । मेरो पनि पहिलो प्राथमिकता यसमै छ । अब संविधानसभाको बैठक धेरै चल्दैन । सभासद्को छलफल त्यसपछि सकिन्छ । त्यसपछि हामी एउटा टुंगोमा पुग्नैपर्ने हुन्छ । दुई घन्टामा टुंग्याउँछौँ भन्नुभएकै हो । छिटो विषयमा सहमति गर्नुस् । तपाईंले सहमति गर्न सक्नुहुन्छ । तर, तपाईंहरूले गरिराख्नुभएको छैन । मेरो प्राथमिकता सहमति गर्ने नै हो । तपाईंहरूले सहमति गर्नुभएन भने, दिमागमा अर्को कुरा पनि राख्नु होला, जुन म विकल्प प्रस्तावको रुपमा राख्छु । मलाई अहिले नियमले कुनै अधिकार दिएको छैन । तपाईंहरूले केही अधिकार मलाई दिनुस् । नियम निलम्बनको प्रस्ताव छ मेरो, नियम निलम्बन गरौँ । बाधा अड्काऊको प्रस्ताव छ, बाधा अड्काऊ फुकाऔँ । र, अहिलेसम्मका संविधानसभाका उपलब्धिको आधारमा उभिएर मलाई संविधानको मस्यौदा बनाउने अधिकार दिनुस् । म कम्तीमा १०, बढीमा १४ दिनभित्र संविधानको विधेयक संविधानसभाभित्र राखिदिन्छु । त्यसलाई तपाईंले संशोधन गर्नुस्, परिमार्जन गर्नुस्, पास गर्नुस् । देश र जनताको हितमा यो कालकूट विष पिउन म तयार छु भनेकै छु । कुन अर्थमा कालकूट विष भने, यसबाट थुप्रै कुरा उठेका छन् । यहाँ भएन, यो मिलेन भन्ने तपाईंहरूका कुरा हुन सक्छन् । त्यो सबै म बोक्न तयार छु । कि त मलाई यो अधिकार दिनुस् भनेर मैले प्रस्ताव राखेँ । मैले उहाँहरूलाई यो पनि भनेँ, ‘मैले थुप्रै गृहकार्य गरेर तपाईंहरूलाई दस्तावेजहरू पनि उपलब्ध गराएको छु । त्यसलाई अध्ययन गर्नुस् । अहिले नै मेरो प्रस्तावमा जवाफ दिनुपर्दैन । सकेसम्म सहमति गर्नमै ध्यान केन्द्रित गर्नुस् । कथंकदाचित तपाईंहरूले सहमति गर्न सक्नुभएन भने, संविधानसभालाई अड्कन नदिऊँ । देश र जनताको हितमा संविधान जारी गर्न तिर नै लागौँ । तर, यसो गर्न तपाईंहरूले नियम निलम्बन गरेर, बाधा–अड्काऊ फुकाएर संविधानसभाका अध्यक्षलाई अधिकार दिनुस् । तपाईंहरूको तटस्थ अध्यक्षको नाताले मैले संविधानको मस्यौदा बढीमा १४ दिनभित्र तयार गर्छु । र, तपाईंहरूको बीचमा पेस गर्छु ।’
मैले यसो भनेपछि उहाँहरूले भन्नुभयो, ‘यसको निर्णय अहिले नै नगरौँ, भरसक हामीले अध्यक्षज्यूलाई यो कालकूट विष एक्लै पिउन पार्दैनौँ, हामीले पनि अलिअलि पिउँछौँ । अर्थात्, हामी सकेसम्म सहमति गर्नमै लाग्छौँ ।’
जनताले यिनै दल र दलका नेतालाई मतदान गरे । जनादेश दिए । तपाईं हामी लोकतान्त्रिक प्रक्रिया, मूल्य र मान्यतामा विश्वास गर्ने सबैले यसको अर्थ बुझ्छौँ । यही ३१ दलका नेताले समस्याको समाधान गरेनन् भने, फेरि नयाँ जनादेशको सन्दर्भमा कसले समस्या समाधान गर्ला त ? यो गम्भीर प्रश्न छ । यो प्रश्न मैले दलहरूलाई निरन्तर राख्दै आएको हुँ । स्थिति गम्भीर छ भन्दै आएँ । उहाँहरूले दुई घन्टामै सहमति गर्छौं भन्नुभो । कसै–कसैले त चुट्कीको भरमा टुंग्याउँछौँ भन्नुभएको छ ।
मैले उहाँहरूलाई भनेँ, तपाईंहरूले धेरै ठूलो कुरा गर्न सक्नुहुन्छ, यो सहमति गर्ने काम पनि गर्न सक्नुहुन्छ । तर, गरिरहनुभएको छैन ।
हामी विश्वास गरौँ, नेताहरूले सहमति गर्न सक्नुहुन्छ । उहाँहरूलाई सहमतिका लागि दबाब दिने काम गरौँ भन्ने मेरो भनाइ हो । ८ माघमा संविधान जारी गर्न मैले दिएका दुई विकल्पबाहेक कुनै उपाय छैन । कि त उहाँहरूले सहमति गर्नुप¥यो । कि त बाधा–अड्काऊ फुकाएर मलाई अधिकार दिनुप¥यो । यो दुवै नहुनु भनेको ८ माघमा संविधान नबन्नु हो । नेताहरूले यी दुई कुरा गर्नैप¥यो । होइन भने, ८ माघमा संविधान बन्दैन भनेर जनतालाई भन्नुप¥यो ।
सहमति भएन र बाधा–अड्काऊ फुकाएर मलाई अधिकार दिइएन भने, संविधानसभा अड्केर बस्न सक्दैन । त्यतिबेला संविधान, नियम, अभ्यास जसलाई सबै दलहरूले मानेका छन्, त्यसबमोजिम हामी अगाडि बढ्नुपर्ने हुन्छ । त्यसरी अगाडि बढ्दा यो प्रक्रिया लम्बिन्छ । ८ माघमा संविधान जारी हुन सक्दैन । अरु बढी समय लाग्न सक्छ ।
समुद्र मन्थन गरेर कालकूट विष निस्कँदा शिवजीले त्यो विष धारण गरेका थिए । अहिले एकाअर्कामाथि विश्वास नगर्ने, एकअर्काबीच जुंगाको लडाइँ भइरहने, आफ्नो अडान नछोड्ने अवस्थामा म सबै दोष उठाउन तयार छु । जनताले गाली गर्छन् कि, कार्यकर्ताले गाली गर्छन् कि भन्ने नेताहरूलाई डर छ भने, सभामुखलाई देखाउन सक्नुहुन्छ । म सबै जोखिम, दोष लिन तयार छु ।
नेताहरूले मलाई देखाइदिए भयो— विषम परिस्थितिमा सभामुखले यस्तो विधेयक ल्याउनुभो, हामीले यसलाई छलफल गरेर पास गर्छौं भनेर ।
संविधानसभामा मेरो कुनै भूमिका भएन भनी आलोचना भएका होलान्, तर यसले मलाई छुँदैन । ऐन–मौकामा मैले गर्नुपर्ने कुरा गर्छु भनेको थिएँ । अहिले बेला आयो र म बोलेको हुँ । चार दिनमा नेताहरूले विशेष सहमति गर्न सक्नुभएन भने मलाई अधिकार दिनुप¥यो, मेरो कुरा प्रस्ट छ ।
अघिल्लो चार वर्ष र अहिलेको एक वर्षको अनुभवले मैले मस्यौदा दिन सक्ने भएरै यो प्रस्ताव गरेको हुँ । संविधानसभाबाट संविधान जारी गर्न जटिल भएकाले अन्य विज्ञको सल्लाहमा पनि मस्यौदा विधेयक तयार गर्न सकिन्छ । विधेयक तयार भइसकेपछि विभिन्न प्रक्रियाले संशोधन गर्न समस्या हुँदैन । दलहरूले छलफल गरेर टुंगोमा पुग्ने आधार बन्छ । यत्तिका वर्ष छलफल गरेर नभएको कुरालाई अब हुन्छ भनेर मैले व्यक्तिगत आवेगमा आएर भनेको होइन । ८ माघमा संविधान जारी गर्नुपर्ने कुरालाई ध्यानमा राखेर हेर्दा यी दुई विकल्प देखिएका हुन् । र, मैले पेस गरेको हुँ ।
यो मेरो अडान हो । विनम्रतापूर्वक मेरो अविचलित अडान कायमै रहन्छ । विनम्रता भनेको कमजोरी होइन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice