bijaystdClass Object ( [error_code] => 4 [error_msg] => Application request limit reached (4) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2015/01/1254 ) ) )

सभामुखलाई एक सय सभासद्ले भने ‘तपाई नडगमगाउनुस्’

काठमाडौं । – सत्तारुढ दल काँग्रेस र एमालेका सभासद्हरुले आफ्नो अडानबाट पछि नहट्न संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाईलाई आग्रह गरेका छन् । ८ माघभित्र संविधान ल्याउन दबाब दिँदै आइतबार सत्तापक्षका सभासद्हरुले यस्तो आग्रह गरेका हुन् ।
सभासद्हरूले कार्यतालिका अनुसार समयमा संविधान ल्याउन दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने जनाउ पनि अध्यक्ष नेम्वाङलाई दिएका छन् ।
त्यस अवसरमा सभाध्यक्ष नेम्वाङले संविधानका अन्तरवस्तुमा प्रमुख दलबीच सोमबारसम्ममा सहमति हुने विश्वास व्यक्त गरे ।
कार्यक्रमका अगुवा एमाले नेता तथा सभासद् प्रकाश ज्वालाका अनुसार अध्यक्ष नेम्वाङले आफूले गत शुक्रबारको कार्यव्यवस्था समितिको बैठकमा सोमबारसम्ममा विवादित विषयमा सहमति गर्न र सहमति नभएमा संविधानको प्रारम्भिक मस्यौदा तयार गर्ने अधिकार आफूलाई दिन प्रस्ताव गरेको स्मरण गराउँदै सकेसम्म आफूले अधिकार प्रयोग गर्नुपर्ने अप्रिय अवस्था नआउने विश्वास व्यक्त गरेका थिए ।
भेटमा सात प्रदेशसहितको प्रस्तावक काँग्रेस र एमालेका साथै राष्ट्रिय जनमोर्चा, परिवार दल र केही स्वतन्त्र गरी करिब १०० सभासद् उपस्थित थिए ।
जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले विषयमा सहमति नभए प्रक्रियाबाट समयमा संविधान ल्याउन जोड दिए । अध्यक्ष केसीले आफ्नो पार्टी सङ्घीयताका विषयमा फरक मत राख्ने भए पनि संविधानसभाको दुई तिहाइबाट पारित गर्ने संविधानलाई स्वीकार गर्ने जानकारी दिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice