के हो प्रधानमन्त्रीको सबैलाई विनविन हुने प्रस्ताव ?

काठमाडौं, । प्रधानमन्त्री सुशील कोइरालाले शनिबार साँझ चार दलको बैठकमा भने,‘सबैले विनविन हुने गरी गिभ एन्ड टेक गर्नैपर्छ ।’ उनले सबैले ‘विनविन’ हुने ‘गिभ एन्ड टेक’ को प्रस्ताव भने खोलेनन् । त्यस्तो प्रस्ताव खोल्ने बेला नभइसकेको भन्दै उनी मुसुक्क मुस्काए ।
प्रधानमन्त्री कोइरालाले सबै दलले जित्ने गरी संविधान बनाउन सबै दललाई अधिकतम लचक हुन पनि आग्रह गरे । उनले सबैले जित्नेगरी सहमति गर्ने धारणा राखेपछि एमाओवादी नेताहरुले त्यस्तो प्रस्तावमा स्पष्ट हुन खोजे । कोइरालाले मुसुक्क हाँस्दै भने,‘अहिले भन्ने बेला भइसकेको छैन’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने,‘हामी सबै अधिकतम लचक भएर तोकिएको समयभित्र सहमतिमा पुगौं ।’

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस,एमाले ,एमाओवादी र मधेसी मोर्चाका शीर्ष नेताहरुको बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीले भनेजस्तै गिभ एन्ड टेक गर्न आफ्नो पार्टी तयार रहेको तर त्यो स्पष्ट हुनुपर्ने बताएको अन्नपूर्ण पोष्टमा समााचार छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice