करोड मूल्यका सरकारी गाडी टोक्नु न बोक्नु

तेस्रो सार्क शिखर सम्मेलनमा तत्कालीन भारतीय प्रधानमन्त्री राजीव गान्धी सवारका लागि नेपाल सरकारले ठूलो मूल्यमा मर्सिडिज बेन्ज कार खरिद ग¥यो । उक्त कार सार्क शिखर सम्मेलनपछि धेरै प्रयोगमा आएन । करोडौँ मूल्यको कार सार्कपछि प्रयोगमा नआउँदा बिग्रियो र वर्षौंसम्म गृह मन्त्रालयको ग्यारेजमा थन्कियो । उक्त कारलाई केही समयपहिले प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले आफ्ना लागि प्रयोग गर्न लिए । तर, उक्त कार प्रयोगमा आउन नसक्ने भएपछि आईजीपीका लागि कार टोक्नु न बोक्नु भएको छ ।

karतेस्रो सार्क शिखर सम्मेलनमा अर्काे पनि करोडौँ मूल्यको गाडी तत्कालीन राजा वीरेन्द्रका लागि खरिद गरिएको थियो । उक्त गाडी अहिले नारायणहिटी दरबारस्थित परराष्ट्र मन्त्रालय, राहदानी शाखाको पार्किङमा थन्किएको छ । बरु, प्रहरीले लगेको गाडी दिनको एकचोटि स्टार्ट हुन्छ । तर, त्यो गाडी स्टार्ट पनि हुँदैन । राजा वीरेन्द्रले त्यसबेला आफ्ना लागि एउटा र राजीव गान्धीका लागि अर्को गरी दुई बुलेटप्रुफ गाडी ल्याएका थिए । बाँचुञ्जेल वीरेन्द्रले त्यही गाडी चलाए ।

काठमाडौं । तेस्रो सार्क शिखर सम्मेलनमा तत्कालीन भारतीय प्रधानमन्त्री राजीव गान्धी सवारका लागि नेपाल सरकारले ठूलो मूल्यमा मर्सिडिज बेन्ज कार खरिद ग¥यो । उक्त कार सार्क शिखर सम्मेलनपछि धेरै प्रयोगमा आएन । करोडौँ मूल्यको कार सार्कपछि प्रयोगमा नआउँदा बिग्रियो र वर्षौंसम्म गृह मन्त्रालयको ग्यारेजमा थन्कियो ।
उक्त कारलाई केही समयपहिले प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले आफ्ना लागि प्रयोग गर्न लिए । तर, उक्त कार प्रयोगमा आउन नसक्ने भएपछि आईजीपीका लागि कार टोक्नु न बोक्नु भएको छ ।
कार अहिले महानिरीक्षकको सरकारी निवासमै पार्किङ गरिएको छ । उनका निजी सवारी चालकले बिहान–बिहान स्टार्ट गर्छन् र फेरि छोपेर राख्छन् । अहिले पनि करोडौँ मूल्य पर्ने त्यो गाडी राम्रोसँग बनाए चल्न सक्छ । नचले संग्रहालयमा राख्नुपर्ने हो, तर महानिरीक्षकको सरकारी निवासमा थन्केको छ । तेस्रो सार्क शिखर सम्मेलनमा अर्काे पनि करोडौँ मूल्यको गाडी तत्कालीन राजा वीरेन्द्रका लागि खरिद गरिएको थियो । उक्त गाडी अहिले नारायणहिटी दरबारस्थित परराष्ट्र मन्त्रालय, राहदानी शाखाको पार्किङमा थन्किएको छ । बरु, प्रहरीले लगेको गाडी दिनको एकचोटि स्टार्ट हुन्छ । तर, त्यो गाडी स्टार्ट पनि हुँदैन । राजा वीरेन्द्रले त्यसबेला आफ्ना लागि एउटा र राजीव गान्धीका लागि अर्को गरी दुई बुलेटप्रुफ गाडी ल्याएका थिए । बाँचुञ्जेल वीरेन्द्रले त्यही गाडी चलाए ।
उता, अख्तियारको पार्किङमा प्रहरीको तमासा हेरिनसक्नुको छ । प्रमुख आयुक्त लोकमानसिंह कार्कीले कर्मचारीसँग पटक–पटक सोधे, ‘अख्तियारको पार्किङभित्र ट्राफिकको के काम ? कसले ल्यायो ? बाटोमा सिठी फुक्न छोडेर किन यहाँ राखेको ?’ तर, प्रमुख आयुक्तले राख्नुपर्दैन भन्दा पनि एकजना हवल्दार त्यहाँ सधैँ पुग्छन् । उनी हुन्, केशव थापा । केही समयपहिले लोकमानले गिटी–बालुवा बोक्ने ट्रिपरको अत्यधिक भार र गतिका कारण काठमाडौंका सडक भत्किने, दुर्घटनामा मान्छेहरु ठाउँको ठाउँ मर्नेजस्ता कारणलाई न्यूनीकरण गर्न एक छलफलको आयोजना गरेका थिए । त्यो छलफलमा ट्राफिक हाकिमले लोकमानको नराम्रो गाली खाए । ‘बर्दी लगाएर फूर्ति झार्दैैमा हुन्छ ?’ भनेर । त्यसपछि अख्तियारको मूल प्रवेशद्वारमा एकजना र पार्किङमा अर्को ट्राफिक खटिन थाले । लोकमानले चाहिँदैन भनेपछि मूलद्वारबाट ट्राफिक फिर्ता भए, भित्रचाहिँ अझै छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice