विद्यार्थीको भविष्य नबिगार : पुनरावेदन

काठमाडौं । पुनरावेदन अदालत पाटनले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को निर्देशन तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
पुनरावेदनले सुविधा र सन्तुलनका दृष्टिले भर्ना भइसकेका विद्यार्थीको पढाइ रोक्न नमिल्ने जनाउँदै मुद्दाको अर्काे सुनुवाइ नभएसम्मका लागि अन्तरिम आदेश जारी गरेको हो ।
न्यायाधीशद्वय मोहनबहादुर कार्की र नारायणप्रसाद साहको संयुक्त इजलासले शुक्रबार जारी गरेको अन्तरिम आदेशमा भनिएको छ, ‘आईओएमको निर्णय तत्काल कार्यान्वयन हुँदा विद्यार्थीको शिक्षामा असर पर्ने देखिएकाले जुन अवस्थामा छ, त्यही अवस्थामा राख्नू ।’
एमबीबीएस तथा बीडीएस पढ्न प्रवेश परीक्षा नै नदिएका र फेल भएका विद्यार्थीको भर्ना ‘स्वतः रद्द’ हुने आईओमले जनाएको थियो ।
वीरगन्जस्थित नेसनल मेडिकल कलेज र भैरहवास्थित युनिभर्सल मेडिकल कलेजले प्रवेश परीक्षा नै नदिएका र फेल भएका केही विद्यार्थीलाई अवैधानिक भर्ना लिएको पाइएपछि आईओएमले त्यस्तो निर्णय गरेको थियो । आईओएमको निर्णयविरुद्ध २ पुसमा नेसनल मेडिकलका तर्फबाट जैनद्दिन अन्सारीले पुनरावेदनमा रिट दायर गरेका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice