• शुक्रबार ०३, कार्तिक २०७४

धर्मगरुलाई भेट्न गएका २४ नेपाली भारतीय जेलमा

काठमाडौं, – धार्मिक आस्थाले भारतको हरियाणा (हिसार)को चण्डिगढ रोड,बरबालस्थित सतलोक आश्रम पुगेका २४ नेपाली त्यहाँको जेलमा थुनिएको पीडितका परिवारले बताएका छन् ।
विवादास्पद भारतीय धर्मगुरु रामपालको आश्रममा उनलाई खोजी गर्दै पुगेको प्रहरीले आश्रमबाट भारतीय र नेपाली भक्तलाई पक्राउ गरेको हो । धार्मिक उद्देश्यले आश्रम गएका नेपाली पक्राउ पर्दा पनि रिहाइका लागि सरकारले पहल नगरेको भन्दै पीडित परिवार र सभासद्ले गुनासो पोखेका छन् । पक्राउ परेको सवा महिना भएको छ । पीडित परिवारले जिल्ला प्रशासनदेखि परराष्ट्र मन्त्रालय र दूतावासलाई समेत जानकारी गराइसकेका छन् ।
‘म हिसार जेलमै गएर भाइलाई भेटेर आएँ’,धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ,सखुवाका निर्गुणकुमार महतोले भने,‘मंसिर २ गते पक्राउ परेदेखि जताततै गुहारिरहेका छौं,तर अहिलेसम्म कुनै पहल नहुँदा भाइ जेलमै छ ।’१२ कक्षामा अध्ययनरत २० वर्षीय गणेशकुमार कात्तिक १८ मा पहिलो पटक १८ स्थानीयसँग सत्संग र भजनका लागि आश्रम हिँडेका थिए ।  कान्तिपुर दैनिकमा समाचार छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice