इन्धनमा १३ रुपैया मुल्य घट्दा, यातायतको भाडा मात्र एक प्रतिसत घट्यो

काठमाडौ । पेट्रोलियम पदार्थमा दुई रुपैया भाडा बढ्दा यातायात ब्यवसायीले छोटो दुरीको दुई रुपैया र लामो दुरीमा करिव एक सयसम्म भाडा बृद्धि गर्दै आएका छन् । तर अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्यमा भारी गिरावट आएपनि यातायात ब्यवसायीले एक प्रतिसत मात्र भाडा घटाएका छन् । बिगत केही समय यता पेट्रोलिय पदार्थमा प्रतिलिटर १३ रुपैया भन्दा बढि मुल्य घटेको छ । तर यातायात ब्यवसायी र सरकारले बुधबारदेखि एक प्रतिसत मात्र भाडा घटाएका छन् ।
सार्वजनिक यातायातका साधनमा प्रयोग हुने इन्धन डिजेलको मूल्य चार महिनायता पटकपटक गरी १३ रुपयाँले घटेपछि सार्वजनिक यातायातका साधनको भाडा घटाउनुपर्ने आवाज चौतर्फी उठ्न थालेपछि सरकारले भाडा घटाउने निर्णय गरेको थियो ।
यातायात व्यवस्था विभागको सिफारिसमा सरकारले एकदेखि २।७३ प्रतिशतसम्म भाडा घटाएको छ । नयाँ भाडादरअनुसार यात्रुबाहक सवारी साधानमा एक प्रतिशत, ढुवानीतर्फ तराईमा चल्ने ट्रक तथा कन्टेनरमा २।०७ प्रतिशत र पहाडमा चल्नेमा २।७३ प्रतिशत भाडा घटेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice